Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2016-07-09

Madhes, Saptari, Surunga

१८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले उनका २५ वर्षीय पतिलाई साउन १० गते गिरफ्तार गरेको छ । माइतीघरमा विस्थापित पीडितलाई असार २५ गते आरोपितले अत्याधिक मादक पदार्थ सेवन गरी बलात्कार गरेको भन्दै पीडितले असार २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । प्रहरीले आरोपितविरुद्ध जबरजस्ती करणी तथा बैवाहिक बलात्कारको अभियोगमा साउन ९ गते मुद्दा दर्ता गरिसकेको छ । सामाजिक परम्पराअनुसार उनीहरूको विवाह ०७२ माघ ५ गते भएको थियो । पीडितका अनुसार आरोपितले मादक पदार्थ सेवन गरी इच्छाविपरित अश्लिल चलचित्र देखाएर अमानवीय तरिकाले शारीरिक सम्बन्ध राख्न थालेपछि उनी माइतीघरमा विस्थापित भएकी थिइन् । पीडितले असार २८ गते दिएको उजुरीका आधारमा सोही दिन राजविराजस्थित अञ्चल अस्पतालमा पीडितको स्वास्थ्य परीक्षण गरिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments