Incident Reports

१० लाख नगद र पेस्तोल भएको बेवारिसे झोला फेला

2016-07-27

Sudurpashchim, Darchula, Apihimal

दार्चुलाको घुसा गाविस वडा नम्बर ८ धनबोरा ठाउमा मंगलबार एक थान पेस्तोल सहित वेवारिसे सामान फेला परेको छ । खण्डेश्वरीका स्थानीय कमल रोकायले वेवारिसे अवस्थामा २ झोला देखेपछि प्रहरीलाई खबर गरेको हो । खण्डेश्वरी प्रहरी चौकीले उक्त जानकारी पाएपछि वेवारिसे अवस्थामा झोला रहेको स्थानमा असई कैलाश दत्त भट्ट नेतृत्वमा प्रहरी टोली पुगी वेवारिसे अवस्थामा भेटिएका २ झोलामा १ थान अवैध पेस्तोल सहित ९ लाख ९९ हजार नगद रुपैया र अन्य सामान फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पेस्तोलमा लाग्ने ५ राउन गोली, १ थान चक्कु, एक तोला यार्सागुम्बा, १ किलोग्राम सतुवा, यार्सागुम्बा जोक्ने तराजु, ४ थान ढक, सिक्का ४ थान, क्याल्कुलेटर, पेन, छाता, एक पोका औषधी र यार्सागुम्बा संकलन परिचय पत्र समेत फेला परेको छ । सिप्टी ३ होपरी स्थाई घर भएका जमन महता नामको यार्सागुम्बा संकलन परिचय पत्र फेला परेको प्रहरीले जनाएको छ । संकलन परिचय पत्र फेला परेको महता वेपत्ता रहेको र उनको खोजी भईरहेको प्रहरीको भनाई छ । घटनाको बारे थप अनुसन्धान गर्न ईलाका प्रहरी कार्यालय लटिनाथबाट इन्सीपेक्टरको टोली घटना स्थलतर्फ गएको दार्चुलाका डिएसपी सुशिलसिह राठौरले बताए । ठूलो परिमाणमा नगद र अवैध पेस्तोल फेला परेकाले घटना रहस्यमय भएको डिएसपी राठौरको भनाई छ । घटना स्थल जिल्ला सदरमुकाम खलंगाबाट २६ कोषको दुरीमा रहेको र अहिले उक्त क्षेत्रमा फोन सम्पर्क हुन कठिन छ । उनले भने, 'घटना बारे अनुसन्धान गर्न सबै ठाउबाट प्रहरी परिचालन गरिएको छ ।'
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Killed 1
National/Online Media

0 Comments

Related Reports