Incident Reports

दशगजा क्षेत्रमा भारतीय पक्षले बाँध बनाउन थालेपछि तनाव

2016-07-28

Madhes, Saptari, Chhinnamasta

सप्तरीको दक्षिण सीमावर्ती गाविस तिलाठी नजिकै रहेको दशगजा क्षेत्रमा भारतीय प्रशासनले जबर्जस्ती बाँध बनाउन थालेपछि उक्त क्षेत्रमा तनाब उत्पन्न भएको छ। सो क्षेत्रमा बाँध निर्माण हुन थालेपछि यस क्षेत्रका आधा दर्जन गाविस डुबानको त्रासमा छन्। अघिल्लो शनिबार खाँडो नदीमा आएको बाढीमा दक्षिणी क्षेत्रका तिलाठी, सकरपुरा, रम्पुरा मल्हनीयासहितका गाविस डुबानका पर्नुका साथै उक्त बाढीले दशजगा क्षेत्रमा भारतीय पक्षले दशकौं अघि निर्माण गरेको विवादित बाँधसमेत कटान गरेको थियो। उक्त बाँध पुन निर्माणका लागि भारतीयले शनिबारदेखि नै पहल थालेपनि सप्तरी प्रशासनको प्रतिरोधका कारण निर्माण कार्य रोकिएको थियो। बिहीबार विहानैदेखि भारतीय प्रहरी, सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय बासिन्दा ठूलो संख्यामा परिचालित भइ बाँध निर्माण कार्यमा जुटेका छन्। यता नेपालतर्फका स्थानीय भने बाँध निर्माणको विरोध गर्न थालेपछि सो क्षेत्रमा तनाव बढेको हो। यस सन्दर्भमा सप्तरी प्रमुख जिल्ला अधिकारी बलदेव गौतमलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन। यता सप्तरीका प्रहरी प्रमुख एसपी भीम ढकालले उक्त बाँधबारे भारतीय पक्षसँग तीनदिन अगाडि नै छलफल भएको र छलफलका क्रममा भारतीय पक्षले तत्काल कुनै पनि विवादित क्षेत्रमा कुनै पनि निर्माण कार्य नथालिने सहमति भारतीय पक्षले गरेको एसपी ढकालले नागरिकन्युजलाई बताए। करिब पाँच वर्ष अगाडिदेखि थुनिएर रहेको खाँडो नदीले मुहानलाई च्यानल खनेर दशगजा हुँदै भारततर्फ बहाब फर्काएपछिमात्रै उक्त बाँध बनाउने प्रतिबद्धता भारतीय पक्षले गरेको एसपी ढकालले जनाए। सन् १९७१ देखिनै भारतीय पक्षले खाँडो नदीको प्राकृतिक बहाबाई थुन्नेगरी दशगजा क्षेत्रमा बाँधलगायत भौतिक कार्य थालेको छ। update ------- सप्तरीकाे दशगजा क्षेत्रमा नेपाली र भारतीयबीच झडप, २ नेपाली घाइते सप्तरीको तिलाठीस्थित दशगजा क्षेत्रमा बाँध निर्माणको विषयलाई लिएर नेपाली र भारतीय पक्षबीच भएको झडपमा २ नेपाली घाइते भएका छन्। भारतीय पक्षले चलाएको ढुंगा र लाठी लागेर तिलाठी–४ का देवनारायण यादव र तिलाठी–६ का रोशन झा घाइते भएका हुन्। घाइते मध्ये यादवको अवस्था गम्भीर रहेको बताइएको छ। प्रकोप प्रभावित जिल्ला सञ्जालका अध्यक्षसमेत रहेका यादवले अवैध रुपमा भारतीय पक्षले निर्माण गरेको बाँधको लामाे समयदेखि विरोध गर्दै आएका कारण भारतीय पक्षले उनलाई निशाना बनाएर कुटपिट गरेको बताइएको छ। एकतर्फी रुपमा भारतीय पक्षले बनाएको बाँधको विरोध गर्दै स्थानीय नेपाली युवाहरुले उक्त बाँधकाे करिब ८० प्रतिशत भाग भत्काइदिएपछि नेपाली र भारतीय पक्षबीच बिहीबार अपरान्ह झडप भएको थियो। अहिले पनि उक्त स्थानमा झडप जारी नै छ। करिब १ हजार जनाको संख्यामा रहेका भारतीयहरुले भारतीय प्रहरी प्रमुख तथा प्रशासनकै आडमा पुनः बाँध निर्माण गरिरहेका छन्। उनीहरूले बिहान निर्माण गरेकोभन्दा पनि उत्तर(नेपाल)तर्फ बढाएर पुनः तीव्र गतिमा बाँध निर्माण गरिरहेका छन्। तर, उक्त क्षेत्रमा करिब ५ सयको संख्यामा रहेका स्थानीय नेपाली युवालाई भने नेपाली सुरक्षाकर्मीले सम्भावित दुर्घटनालार्इ ध्यानमा राख्दै बाँध निर्माण कार्यको प्रतिकारमा उत्रन दिएकाे छैन। अपरान्ह बाँध निर्माण गरिएको स्थानमा पुगेका प्रमुख जिल्ला अधिकार र सुरक्षा प्रमुखहरु पनि त्यस ठाउँबाट फर्किसकेका छन्। बाढि बहने नहरको निर्माण गरेर मात्र उक्त स्थानमा बाँध निर्माण गर्ने भनी भारतीय पक्षले सोमबार नेपालको स्थानीय प्रशासनसँग सहमति जनाएको थियो। तर, उक्त सहमतिअुनसार नहर निर्माण नगरी भारतीय पक्षले नेपाली बस्ती डुबानमा पार्ने गरी बाँध निर्माण शुरु गरेको हो। update -----सप्तरीको दक्षिण सीमावर्ती गाविस तिलाठी नजिकै रहेको दशगजा क्षेत्रमा भारतीय प्रशासनले जबर्जस्ती बाँध बनाउन थालेपछि उक्त क्षेत्रमा तनाब उत्पन्न भएको छ। सो क्षेत्रमा बाँध निर्माण हुन थालेपछि यस क्षेत्रका आधा दर्जन गाविस डुबानको त्रासमा छन्। अघिल्लो शनिबार खाँडो नदीमा आएको बाढीमा दक्षिणी क्षेत्रका तिलाठी, सकरपुरा, रम्पुरा मल्हनीयासहितका गाविस डुबानका पर्नुका साथै उक्त बाढीले दशजगा क्षेत्रमा भारतीय पक्षले दशकौं अघि निर्माण गरेको विवादित बाँधसमेत कटान गरेको थियो। उक्त बाँध पुन निर्माणका लागि भारतीयले शनिबारदेखि नै पहल थालेपनि सप्तरी प्रशासनको प्रतिरोधका कारण निर्माण कार्य रोकिएको थियो। बिहीबार विहानैदेखि भारतीय प्रहरी, सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय बासिन्दा ठूलो संख्यामा परिचालित भइ बाँध निर्माण कार्यमा जुटेका छन्। यता नेपालतर्फका स्थानीय भने बाँध निर्माणको विरोध गर्न थालेपछि सो क्षेत्रमा तनाव बढेको हो। यस सन्दर्भमा सप्तरी प्रमुख जिल्ला अधिकारी बलदेव गौतमलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन। यता सप्तरीका प्रहरी प्रमुख एसपी भीम ढकालले उक्त बाँधबारे भारतीय पक्षसँग तीनदिन अगाडि नै छलफल भएको र छलफलका क्रममा भारतीय पक्षले तत्काल कुनै पनि विवादित क्षेत्रमा कुनै पनि निर्माण कार्य नथालिने सहमति भारतीय पक्षले गरेको एसपी ढकालले नागरिकन्युजलाई बताए। करिब पाँच वर्ष अगाडिदेखि थुनिएर रहेको खाँडो नदीले मुहानलाई च्यानल खनेर दशगजा हुँदै भारततर्फ बहाब फर्काएपछिमात्रै उक्त बाँध बनाउने प्रतिबद्धता भारतीय पक्षले गरेको एसपी ढकालले जनाए। सन् १९७१ देखिनै भारतीय पक्षले खाँडो नदीको प्राकृतिक बहाबाई थुन्नेगरी दशगजा क्षेत्रमा बाँधलगायत भौतिक कार्य थालेको छ। update ------- सप्तरीकाे दशगजा क्षेत्रमा नेपाली र भारतीयबीच झडप, २ नेपाली घाइते सप्तरीको तिलाठीस्थित दशगजा क्षेत्रमा बाँध निर्माणको विषयलाई लिएर नेपाली र भारतीय पक्षबीच भएको झडपमा २ नेपाली घाइते भएका छन्। भारतीय पक्षले चलाएको ढुंगा र लाठी लागेर तिलाठी–४ का देवनारायण यादव र तिलाठी–६ का रोशन झा घाइते भएका हुन्। घाइते मध्ये यादवको अवस्था गम्भीर रहेको बताइएको छ। प्रकोप प्रभावित जिल्ला सञ्जालका अध्यक्षसमेत रहेका यादवले अवैध रुपमा भारतीय पक्षले निर्माण गरेको बाँधको लामाे समयदेखि विरोध गर्दै आएका कारण भारतीय पक्षले उनलाई निशाना बनाएर कुटपिट गरेको बताइएको छ। एकतर्फी रुपमा भारतीय पक्षले बनाएको बाँधको विरोध गर्दै स्थानीय नेपाली युवाहरुले उक्त बाँधकाे करिब ८० प्रतिशत भाग भत्काइदिएपछि नेपाली र भारतीय पक्षबीच बिहीबार अपरान्ह झडप भएको थियो। अहिले पनि उक्त स्थानमा झडप जारी नै छ। करिब १ हजार जनाको संख्यामा रहेका भारतीयहरुले भारतीय प्रहरी प्रमुख तथा प्रशासनकै आडमा पुनः बाँध निर्माण गरिरहेका छन्। उनीहरूले बिहान निर्माण गरेकोभन्दा पनि उत्तर(नेपाल)तर्फ बढाएर पुनः तीव्र गतिमा बाँध निर्माण गरिरहेका छन्। तर, उक्त क्षेत्रमा करिब ५ सयको संख्यामा रहेका स्थानीय नेपाली युवालाई भने नेपाली सुरक्षाकर्मीले सम्भावित दुर्घटनालार्इ ध्यानमा राख्दै बाँध निर्माण कार्यको प्रतिकारमा उत्रन दिएकाे छैन। अपरान्ह बाँध निर्माण गरिएको स्थानमा पुगेका प्रमुख जिल्ला अधिकार र सुरक्षा प्रमुखहरु पनि त्यस ठाउँबाट फर्किसकेका छन्। बाढि बहने नहरको निर्माण गरेर मात्र उक्त स्थानमा बाँध निर्माण गर्ने भनी भारतीय पक्षले सोमबार नेपालको स्थानीय प्रशासनसँग सहमति जनाएको थियो। तर, उक्त सहमतिअुनसार नहर निर्माण नगरी भारतीय पक्षले नेपाली बस्ती डुबानमा पार्ने गरी बाँध निर्माण शुरु गरेको हो। update ---------
National/Online Media

0 Comments