Incident Reports

कथित बोक्सी आरोपमा अमानवीय व्यवहार गर्नेलाई कारबाहीको माग

2016-07-28

Province 1, Khotang, Sakela

बाँझेच्यानडाँडा-१ की ७२ वर्षीया हिरामाया रोकालाई कथित बोक्सीको आरोपमा यातना दिएको घटनाका आरोपितलाई प्रहरीले कारबाही नगरेको भन्दै पीडितले गुनासो गरेकी छन् । पीडित महिलालाई बाँझेच्यानडाँडा-१ का २६ वर्षीय धनजङ्ग राई र उनकी पत्नी तारा राईले गत जेठ १३ गते कथित बोक्सीको आरोप लगाउँदै कुटपिट तथा ज्यान मार्ने धम्की दिएको भन्दै प्रहरीमा जेठ १५ गते उजुरी गरेपनि प्रहरीले न्याय नदिएको पीडित महिलाले गुनासो गरेकी हुन् । आरोपितद्वयले कथित बोक्सीको आरोपमा निर्घात कुटपिट गर्नुका साथै अमानवीय व्यवहार गरेकोले पीडित महिलाले उनीहरूलाई तत्काल कारबाही गर्न माग गरेकी छन् । आरोपितले कुटपिट गरेपछि उनको टाउकोमा गहिरो चोट लागेको थियो । जिल्ला स्वास्थ्य कार्यालय खोटाङमा उपचार गराएकी पीडितको टाउकोमा सात टाँका लगाइएको उक्त कार्यालयले जनाएको छ । घटनाका सम्बन्धमा जानकारी माग्दा 'दोषीमाथि सार्वजनिक मुद्दा दर्ता गरेर खोजी गरिरहेको' जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी विद्यानन्द माझीले बताए । पीडित पक्षले असार २२ गते राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय खोटाङलाई समेत पत्र लेखेर ध्यानाकर्षण गराएको थियो । सुनिता मगर
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments