Incident Reports

यौन सम्बन्ध खुलासा हुने डरले बालक हत्या

2016-07-28

Lumbini, Rolpa, Pariwartan

पश्चिम इरिबाङमा यौन सम्बन्ध खुलासा हुने डरले एक बालको हत्या गरिएको छ। सौतेनी आमा र उनका यौन सहकर्मीले बालक हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनायो। इरिबाङ-१ ओगाउँका बिमला पुनमगर र स्थानिय गोविन्द पुनमगरले १४ वर्षीय बालक भरत पुनमगरको हत्या गरेका हुन। अभियुक्तहरुले बालकको घाँटीमा डोरी कसी घाँटी थिचेर गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता केशवबहादुर बस्नेतका अनुसार बालकले झुण्डिएर आत्महत्या गरेको बहानाबाजी अभियुक्तहरुले बनाउन खोजेका थिए। बिमला र गोविन्दबीच गत पुसदेखि अनैतिक यौन सम्बन्ध रहेको प्रहरी अनुसन्धानबाट खुल्न गएको छ। बालकमार्फत उनीहरुबीचको सम्बन्ध बाहिर आउने देखिएपछि हत्या गरिएको अभियुक्तहरुले प्रहरीसमक्ष बयान दिएका छन। बालकका बुबा वीर सिंह भने वैदेशिक रोजगारीको सिलसिलामा कतारमा छन्। आफूहरुबीचको यौन सम्बन्ध बालकले बुबालाई भनी दिने डरले हत्या गरिएको उनीहरुले प्रहरीसमक्ष स्विकार गरेका छन्। घटनाको स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports