Incident Reports

पतिको लिङ काट्ने पत्नी पक्राउ

2016-08-01

Bagmati, Kathmandu, Kathmandu

प्रहरीले आफ्नै पतिको लिङ काटेको आरोपमा एकजना महिलालाई पक्रेको छ । प्रहरीले पतिलाई हसियाँ प्रहार गरि घाईते बनाएको आरोपमा २६ बर्षीया सन्तमाया तामाङलाई पक्रेको हो । तामाङले अर्की पत्नीसँग मात्र सम्पर्क राखेको भन्दै पति कान्छामाया तामाङको लिङमा हसियाँ प्रहार गरेकी थिईन । घटना सोमबारको हो । प्रहरीले लिङमा गम्भीर चोट लागेका कान्छामायालाई उपचारका लागि शिक्षण अस्पताल महाराजगंजमा लगेको जनाएको छ । महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार कान्छामायाको शिक्षण अस्पतालमा उपचार भै रहेको छ । वृत्तका डिएसपी विपिन रेग्मीका अनुसार शंखरापुर नगरपालिका–१० सलम्वुटार बस्ने दम्पत्तीमा भएको आपसी झगडामा एकजना घाईते भएको र प्रहार गर्ने प्रहरी नियन्त्रणमा रहेको जानकारी दिए । उनका अनुसार प्रारम्भीक अनुसन्धानमा पत्नीले दोस्रो महिलाका बिषयमा भएको विवादमा पतिको लिङमा धारिलो हतियार प्रहार गरेकी थिईन । प्रहरीले आवश्यक अनुसन्धान गरिरहेका वृत्तले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1

0 Comments