Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार [Updated]

2016-07-28

Karnali, Dolpa, Tripurasundari, Ward 3

राजनीतिक दलका कार्यकर्ताको दबाबमा बलात्कार घटनाका आरोपित छुटाइयो ४० वर्षीया महिलालाई बलात्कार गरेको घटनाको आरोपमा प्रहरी हिरासतमा रहेका सुउँ गाविस-२ का ३७ वर्षीय कालीबहादुर रोकायलाई नेपाली काङ्ग्रेस र एमाले पार्टीको स्थानीय कार्यकर्ताको दबाबमा साउन २१ गते प्रहरी हिरासतबाटै छाड्नु परेको प्रहरीले जनाएको छ । पहिला बलात्कार गरेको उजुरी परेपनि साउन २१ गते पीडितले आफूलाई अभद्र व्यवहार गरेको र गाली बेइज्जती गरेको भन्ने व्यहोराको निवेदन दिएपछि आरोपितलाई छाडिएको प्रहरी चौकी त्रिपुराकोटका इञ्चार्ज रोमहर्ष सिजवालले बताए । सिजवालका अनुसार राजनीतिक दलको दबाबमा पीडितले बलात्कार गरेको भनी पहिला दिएको निवेदन फिर्ता लिएर मिलापत्र गरेपछि आरोपित रोकाय साउन २१ गते प्रहरी चौकीबाट रिहा भएका हुन् । पीडित महिलालाई साउन १३ गते कालिबहादुर रोकायले बलात्कार गरेको भन्दै पीडितले साउन १८ गते प्रहरी चौकी त्रिपुराकोटमा उजुरी दिएकी थिइन् । आरोपितलाई साउन १९ गते गिरफ्तार गरी प्रहरीले अनुसन्धान थालेको जनाएको थियो । नेपाली काङ्ग्रेसका गाँउ इकाई सचिव नेत्र बुढाले भने- 'दुबै पक्षबीच घटनाका विषयमा झडप भयो । घटनाले ठूलो रूप नलियोस् र सामाजिक सदभाव कायम होस् भनेर मिलापत्र गराएका हौं ।' घटनाको विषयमा पीडित पक्ष र आरोपित पक्षबीच साउन १९ गते राति झडप हुँदा दुबै पक्षका दुई जना युवा घाइते भएका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Secondary Form Threat/intimidation
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1

0 Comments