Incident Reports

बहिनीमाथि खुकुरी प्रहार गर्ने दाजु पक्राउ

2016-08-25

Madhes, Siraha, Lahan

आफ्नै बहिनीमाथि खुकुरी प्रहार गरी गर्भमा रहेको शिशुलाई क्षति पुर्याएको आरोपमा प्रहरीले गएराति सिरहाको लहानबाट एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लहान नगरपालिका–२० निवासी उमेशकुमार महतो रहेको प्रहरीले जनाएको छ। घटनालगत्तै फरार भएका उमेशलाई खोजतलास गर्नेक्रममा गाउँनजिकैबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए। घरायसी विवादका कारण गत २०७२ साल भदौ ८ गते बिहान उमेशले बहिनी रेणुकुमारी महतोमाथि खुकुरीले शरीरका बिभिन्न भागमा प्रहार गरी घाइते बनाएका थिए। गम्भीर घाइते रेणुको चिन्ताजनक अवस्थामा तत्कालै उपचारका लागि बिराटनगरस्थित गोल्डेन अस्पताल लगिएकोमा २०७२ साल भदौ १४ गते उपचारका क्रममा रेणुको गर्भमा रहेको शिशुलाई मृत अवस्थामा निकालिएको थियो। नवजात शिशुको सोही चोटको कारणबाट मृत्यु भएको चिकित्सकले पुष्टी गरेकाले घटनामा संलग्न उमेशलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक केसीले बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
Youth Killed 1
Total Injured 1
Female Injured 1

0 Comments