Incident Reports

समाचार सङ्कलनका क्रममा पत्रकारमाथि कुटपिटl

2013-03-11

विराटनगर उमनपा-१६ निवासी जनहित साप्ताहिकका सम्पादक ३५ वर्षीय सत्यनारायण शर्मालाई समाचार सङ्कलनका क्रममा जिल्ला प्रशासन कार्यालय पुगेको समयमा मधेसी जनअधिकार फोरम नेपालका कार्यकर्ताहरूले ०६९ फागुन २८ गते कुटपिट गरेका छन् ।

बन्द रहेको सुरक्षा अस्पताल खुलाउन माग गर्दै जिल्ला प्रशासन कार्यालयमा धर्नामा बसेका मधेसी जनअधिकार फोरमको भगिनी सङ्गठन मधेसी महिला फोरम नेपालकी जिल्ला अध्यक्ष बसुन्धरा यादवको नेतृत्वमा पीडितमाथि कुटपिट गरिएको हो । सुरक्षा अस्पतालको विषयमा गलत समाचार लेखेको आरोपमा चारैतिरबाट घेरा हाली पीडितमाथि आक्रमण भएपछि प्रहरीले उनको उद्धार गरेको थियो । समाचार सङ्कलनका लागि धर्नाकारीले पीडितलाई जिल्ला प्रशासन कार्यालयमा बोलाएर कुटपिट गरेको पीडित पक्षको भनाइ छ । विवादका कारण ०६९ फागुन २५ गतेदेखि अस्पताल बन्द रहेको छ । गर्भवती महिलाको उपचारका क्रममा फागुन २४ गते मृत्यु भएपछि सो अस्पताल बन्द भएको हो । सो विषयमा स्थानीय सबै सञ्चारमाध्यमले समाचार प्रशारण तथा प्रशारण गरेका थिए ।

यसैबीच नेपाल पत्रकार महासङ्घ मोरङ शाखाले घटनाको निन्दा गर्दै दोषीउपर कारबाही गर्न माग गरेको छ । 

0 Comments

Related Trend Analysis