Incident Reports

सुनसरीमा हतियारसहित दुर्इजना पक्राउ

2016-08-07

सुनसरीको लौकही गाविसबाट हतियारसहित दुई जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ। भारतीय बजारबाट हतियार लिएर नेपालतर्फ आइरहेका दुई जनालाई सशस्त्र प्रहरीको गस्ती टोलीले गएराति हतियारसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका २१ हासँपोसा बस्ने अरविन्द्र चौधरी र छेदनलाल चौधरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए। उनीहरुको साथबाट इटालियन पेस्तोल र सोमा प्रयोग हुने म्याग्जीन बरामद भएको छ। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हतियारसहित पक्राउ परेका दुवै जना मोटरसाइकलमा भारतीय बजारबाट आइरहेका थिए। सशस्त्र प्रहरीले पक्राउ गरेका कारण आफूहरुलाई अहिले मोटरसाइकल जिम्मा नदिएकाले नम्बर खुल्न नसकेको प्रहरीले जनाएको छ। पक्राउ परेकालाई हातहतियार खरखजाना ऐनअन्तर्गत मुद्दा चलाउने प्रहरीले जनाएको छ।
National/Online Media

0 Comments