Incident Reports

​शिक्षकको कुटाइले छात्रा बेहोस

2016-08-08

Sudurpashchim, Bajhang, Kedarseu

शिक्षकको कुटाईबाट एक छात्रा बेहोस भएकी छन । भैरवनाथ उच्च माध्यमिक विद्यालय झोतामा ८ कक्षामा अध्ययनरत छात्रा दिपा पार्कीलाई विद्यालयका शिक्षक धुव्र शाहीले पिट्दा उनी बेहोस भएकी परिवारले दावी गरेका छन् । बेहोस भएकी उनको धनगढीस्थित पद्मा अस्पतालमा उपचार भैरहेको र उनको अवस्था सुधार भैरहेको उनका दाजु इन्द्र पार्कीले जानकारी दिनुभयो । कक्षामा हल्ला गरेको भन्दै शिक्षक धुब्र शाहीले दिपाको तालुमा एक मुडकी हानेपछि उनको टाउको बेन्चमा ठोक्किएको र उनी बेहोस भएको दिपाका सहपाठीहरुले जानकारी दिएका छन् । छात्रा बेहोस भए पछि विद्यालयले नै तत्काल गाडी खोजेर उनलाई उपचारका लागी धनगढी पठाएको थियो । उपचारका लागि सहयोग गर्न भन्दै विद्यालयकै शिक्षक विनोद थापालाई पनि सँगै पठाएको छ भने छात्राका दाजु र आमा पनि छात्राको उपचारको लागी धनगढी गएका छन । विद्यालयले भने छात्रा आफै बेहोस भएको र पहिला पनि उनी वेहोस हुने गरेको बताएको छ । ‘दिपाको पहिले नै टाउकोमा चोट लागेको रहेछ त्यै भएर उनी पहिला पनि बेहोस हुने गर्थिन’ विद्यालयका प्राचार्य गणेश बोहराले भन्नुभयो ‘खेल्ने क्रममा बेहोस भएकी हुन । कुनै शिक्षकले पिटेको छैन । यो हल्ला मात्र हो ।’ तर छात्राका दाजु इन्द्रले भने शिक्षक कै कुटाइबाट आफ्नो बहिनी बेहोस भएको र उनको टाउकोमा पहिला कुनै पनि चोट नलागेको दावी गर्नुभएको छ । पढन गएका विद्यार्थीलाई मरणासन्न हुने गरी कुटपिट गर्नु नराम्रो भए पनि उपचारको सबै खर्च विद्यालयले व्यर्होने भएपछि आफूले कारवाहीको लागि कतै उजुरी नगर्ने पार्की परिवारले बताएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Other state institutions
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1

0 Comments