Incident Reports

राजविराजमा स्थानिय निकाय पुनर्संरचना सम्बन्धी परामर्श बैठकमा मोर्चाको हस्तक्षेप

2016-08-10

Madhes, Saptari, Rajbiraj

सप्तरीको राजविराजमा आज बिहान आयोजित स्थानीय निकाय पुनर्संरचना सम्बन्धी परामर्श बैठकमा मधेसी मोर्चाका कार्यकर्ताले हस्तक्षेप गरी अवरोध गरेका छन् । जिल्ला विकास समितिको सभाकक्षामा भइरहेको बैठकमा प्रवेश गरी मोर्चा कार्यकर्ताहरुले हुलहुज्जत गर्दै नाराबाजी गर्नुका साथै उक्त बैठकको माइन्युट् पनि खोसेर जलाएका छन् । उनीहरुले प्रदेश सीमांकन कै विषय टुंगो नलागेको बेला स्थानीय निकायको पुनर्संरचना अव्यवहारिक हुने भन्दै नारा लगाएका थिए । साउनको अन्तिम सातासम्ममा स्थानीय निकायको पुनर्संरचा गरी नाम र केन्द्र तोकेर पुनर्संरचना आयोगमा पठाउनुपर्ने परिपत्र अनुसार परामर्श गर्न जिल्लास्थित निमित्त स्थानीय विकास अधिकारी धिरेन्द्रकुमार यादवले उक्त बैठक बोलाएका थिए । स्थानीय विकास अधिकारीका अनुसार मोर्चाले गरेको अवरोधपछि स्थानिय निकाय पुनर्संरचना सम्बन्धी बैठक अब अनिश्चित भएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Weapons None
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people 40
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown

0 Comments

Related Trend Analysis