Incident Reports

कथित बोक्सीको आरोपमा एकल महिलामाथि कुटपिट तथा दुर्व्यहार

2016-08-12

Madhes, Dhanusha, Rajbiraj, Ward 11

खरिहानी गाविस-५ की ६५ वर्षीया जानकीदेवी कापरलाई साउन २८ गते कथित बोक्सीको आरोपमा छिमेकीहरूले कुटपिट तथा दुर्व्यवहार गरेको पीडितले आरोप लगाएकी छन् । पीडित जानकीदेवीलाई छिमेकी २५ वर्षीय घुरण कापर, ३० वर्षीया बवितादेवी मुखिया, २३ वर्षीय बासलाल मुखिया, २६ वर्षीय सुकमार कापर, २४ वर्षीय संजित कापर समेतले मिली टाउकोमा ईटा प्रहार गरी घाइते बनाएको आरोप छ । घाइते जानकीदेवीले न्यायको माग गर्दै साउन ३० गते राष्ट्रिय मानव अधिकार आयोगको जनकपुरस्थित कार्यालयमा उजुरी दिएको मानव अधिकार अधिकृत सोमनाथ सुवेदीले जानकारी दिए । उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । घुरण कापरको पत्नीलाई पटक पटक भूतप्रेत लगाएको भन्दै जानकी देवीलाई कुटपिट तथा दुर्व्यहार गरेका थिए । घरमा भग्त्ता (धामीझाँक्री) खेलेपछि रातीको समयमा आरोपित उनीहरुले पीडित जानकीदेवीको घरमा ईट्टा र ढुङ्गा प्रहार गरेका थिए । केही महिनादेखि जानकीदेवीलाई छिमेकीले बोक्सी भनेर गाली बेइजती र दुर्व्यहार गर्दै आएको पीडितको छोरा रामदयाल कापरले बताए । पटक पटक अस्थायी प्रहरी चौकी खरिहानीमा पञ्चायती तथा छलफल गर्दा कुटपिट तथा दुर्व्यहार नगर्ने सहमति गरेपनि पुनः गाली बेइजती गर्दै आएको पीडित जानकीदेवीले बताइन् । प्रहरी चौकी खरिहानीमा उजुरी गर्दा प्रहरीले कुनै सुनवाई नगरी उल्टै हप्काउने गरेको पीडितको आरोप छ । यसरी सधै उनीहरूको डर त्रासको वातावरणमा जीउन बाध्य भएको पीडितले बताइन् । कार्य व्यस्थताका कारण घाइतेलाई भेट्न नसकेको र गाउँमा घटनाको बारेमा खोज अनुसन्धान गर्दा कसैले आरोपितहरुको नाम बताउन नचाहेको अस्थायी प्रहरी चौकी खरिहानीका असई नवलकिशोर यादवले बताए । पीडितले उजुरी दिएपछि घटनाको अनुसन्धान गर्ने असई यादवले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1

0 Comments