Incident Reports

नातीको हत्या गरेको आरोपमा ६० वर्षे हजुरआमा पक्राउ

2016-08-18

Lumbini, Rolpa, Rolpa, Ward 1

बालकको हत्या गरेको आरोपमा रोल्पामा एक जना वृद्धा पक्राउ परेका छन् । रोल्पा जेदवाङ–८ का ६० वर्षे मनसरी विकले नाताले नाती पर्ने रोल्पा सखी–२ १० वर्षे दिनेश बुढाको हत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । घर नजिकैको रुखमा बालक भुन्डिएर मरेको भनि स्थानीयले प्रहरीमा खबर गरेपछि प्रहरी टोलीले शवलाई पाष्टमार्टमका लागि जिल्ला अस्पताल रेउघा लगेको थियो । बालकको रहस्यमय तरिकाले ज्यान गएको भन्दै जिल्ला प्रहरी कार्यालय रोल्पाले बालककै माइतीकी हजुरआमा पर्ने मनसरीलाई पक्राउ गरेको हो । प्रहरीले जिल्ला अदालत रोल्पामा एक हप्ताको म्याद थपेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी निरीक्षक केशवबहादुर बस्नेतले जानकारी दिनुभयो । मृतक बालक मामाको घरमा बस्दै आएका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports