Incident Reports

बोक्सी आरोपमा महिला कुटिइन्, बचाउन गएका ११ वर्षे छोरा पनि कुटिए

2016-08-20

Madhes, Siraha, Siraha, Ward 15

बोक्सी आरोपमा सिरहाको लक्ष्मीपुर-१ की एक महिलालाई स्थानीय बासिन्दाले मरणासन्न हुनेगरी कुटेका छन् । कुटाइबाट सख्त घाइते भएका ३० वर्षकी रामदुलारी यादवको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । बोक्सीको आरोपमा स्थानीय बेचन महतो, रमविन्द्र महतो, सुलेन महतो, सुर्जा महतो, किसुनदेव महताले कुटपिट गरेको यादवका ससुरा गढ्वाले जानकारी दिनुभयो । घरमा कोही नभएको बेलामा उनीहरु आएर आफ्नो बुहारीलाई कुटपीट गरेको उहाँले जानकारी दिनुभयो । आमालाई कुटपिट गरेको बेला रोक्न गएको नाती ११ वर्षका भवनाथलाई पनि कुटपिट गरेको छ । सूर्जा महतोको बुहारी सुनैना देवी महतोलाई भुत लगाई दिएको भन्दै महतो परिवारेले कुटपिट गरेको यादवको भनाई रहेको छ । महतो परिवारकै बुहारी कुसियादेवी महतोको अचानक ज्यान गएको थियो । यो पनि उसैले गरेको आरोप लागाउँदै यादवलाई कुटपिट गरेको हो । घाइते महिलाको टाउको र शरिरको विभिन्न भागमा गम्भीर चोट लागेको इलाका प्रहरी कार्यालय विष्णुपुरका प्रमुख असई शिवनारायण यादवले जानकारी दिनुभएको छ । पीडकहरु फरार रहेकाले उनीहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1

0 Comments