Incident Reports

पृतनाभित्र चरम यातना

2016-08-17

Sudurpashchim, Doti, Dipayal Silgadi

बिहिबार आत्महत्या गरी मृत्यू भएको भनिएका सैनिक हबल्दार दीपक बहादुर खड्काको शब शुक्रबार मात्रै पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिलगढी पुर्‍याईयो। उनको शबको सुरक्षाका लागि प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिँह सहित करिब १५/२० जनाको प्रहरी सुरक्षा थियो। सेना त्यत्तिले मात्रै सन्तुष्ट थिएन्। मेजर सुमन बिष्टको नेतृत्वमा ८/१० जना सेनाको टोली नै अस्पताल पुगेको थियो । साथमा थुप्रै बिना बर्दीमा सैनिकहरुको संख्या पनि बाक्लै थियो। मृतक खड्काको शबलाई हेर्ने अनुमती सबैलाई दिईएन् । सिधै लगेर जिल्ला अस्पतालमै रहेको शबगृहमा राखेपछि अस्पतालका डाक्टरद्वय घनश्याम भट्ट र गिरिश अबस्थी पोष्टमार्टमको कार्यमा जुटे । यसअघि मृतकका आफन्तहरुलाई शब हेर्न दिईयो । त्यसपछि पत्रकारहरुले शब हेर्न अनुमतीका लागि प्रहरी निरीक्षक सिँहसंग कुराकानी गरे । सिँहले ‘हेर्न मिल्छ तर, एकैछिन सोध्छु’ भनेर मेजर बिष्टकहाँ पुगे। एकैछिनपछि मेजर बिष्ट पत्रकार छेउ पुगेर ‘माथिको आदेँश’ भन्दै हेर्न मिल्ने तर, फोटो खिच्न नमिल्ने बताए। केही कुरा ओहोरदोहोर भएपछि त्यसमा पत्रकारहरुले सहमती जनाए । तर, तत्काल पोष्टमार्टम शुरु भैसकेको भनेर सकिएपछि हेर्ने भनेर रोकियो । पोष्टमार्टम सकिएपछि ‘अब त हेर्न मिल्छ की’ भनेर पत्रकारहरु मेजर बिष्टकहाँ पुगे । मेजर बिष्टले फेरी कुरा फेरे, ‘माथिको आदेश भयो । पत्रकारहरुलाई सकभर हेर्न नदिने भनेको छ ।’ भनेर प्रतिक्रिया दिए । यसरी पत्रकारहरुलाई पनि शब हेर्नबाट बञ्चित गरियो। उता आफन्तहरुका अनुसार मृतक खड्काको टाउकामा बायाँ कानको पछिबाट लागेर सिधै दायाँ कानबाट गोली निस्किएको छ। जुन गोली उनी आफैले हानेको भनेर सेनाले प्रतिक्रिया दिदै आत्महत्या भनेको छ। यसबाहेक मृतकको पुठ्ठामा पनि निकै ठुला निलडामहरु रहेको आफन्तहरु बताउँछन् । ‘टाउकामा हानेको गोलीको निशान हेर्दा त्यो आफैले पनि हानेको हुनसक्छ,’ मृतकका दाजु राज बहादुर खड्काले भने, ‘तर, पछाडी त निकै ठूला निलडामहरु छन् । ती लठ्ठीले कैयौपल्ट हानेका हुन् । त्यत्तिकै त्यस्तो हुदैन् ।’ उनी पनि पहिले नेपाली सेनामै कार्यरत थिए । उनका अनुसार यदि दीपकले आत्महत्या गरेकै भएपनि कडा यातना सहन नसकेर गरेको हुनसक्छ । उनका बुबा गोरख बहादुर खड्का छोराले यति सजिलै आत्महत्या गरेको कुरामा बिश्वस्त छैनन् । ‘सबैले आत्महत्या नै भनिरहेका छन् । शरीरमा हेर्दा निलडाम देखिन्छन् । कसरी बिश्वास गर्नु,’ उनी भन्छन, ‘धेरै साहसी थियो । यसरी जीवनसंग हारेर आफैलाई मार्ने किसिमको त थिएन् ।’ खड्का परिवार बझाङ चैनपुरबाट बर्षौअघि कंचनपुर, पिपरैया–१३ मा सरेको थियो । मृतक खड्काको जन्म उतै भएको हो । उनको उमेर ३५ बर्ष पुगेको उनका बुबाले बताए । उनले सेनामा जागिर शुरु गरेको १६ बर्ष ६ महिना नाघेको उनका दाई राज बहादुरले बताए। तीन महिना अघि नै उनको पेन्सन पुगिसकेको थियो। एक महिना अघि उनले जागिर छोड्ने की अगाडी खाने भनेर परिवारसंग सल्लाह लिन घर पुगेका थिए । ‘उतिबेला पेन्सन पाकिसक्यो अब के गरु भनेर घर पुगेको थियो,’ बुवा गोरख बहादुर स्मरण गर्छन्,‘कुरा सुन्दा उसको पनि छाड्ने मन थिएन् । मैले पनि जागिर छाडेर के गर्ने भनेर भने । फेरी केही समयमा बढुवा पनि हुने भन्दै थियो ।’ यदि जागिरबाट असन्तुष्ट भएको भए उतिबेलै जागिर छोड्ने उनको अनुमान छ । ‘उ सबै कुरामा सन्तुष्ट थियो । यदि असन्तुष्ट भएको हुदो हो त, पेन्सन पाकिसकेको थियो १४/१५ लाख उसै पाईन्थ्यो छाडिहाल्थ्यो,’ उनी थप्छन् । गत साउन २३ गते पृतना हेडक्वार्टरमा रहेको गरुणदल गणबाट एक थान एसएमजी, त्यसमा लाग्ने दुई थान लोडेड म्याग्जीन र दुई सय राउण्ड बढी गोली गायब भएका थिए। त्यसमा सेना बृत्तमा ब्यापक खैलाबैला मच्चीएको छ । त्यसै घटनापछि पृतनामा रहेका हवाई सुरक्षा ब्याट्री र गरुण दलमा कार्यरत सैनिक कर्मचारीहरुमाथि अनुसन्धान भैरहेको बुझिएको छ। सैनिक कर्मचारीहरुलाई हतियार हराएका दिनदेखी बाहिर आउन समेत दिईएको छैन् । उनीहरुका मोवाईल थुतेर राखिएको छ । कसैलाई पनि घरपरिवार र बाहिर सम्पर्क गर्न दिईएको छैन्। उनीहरुलाई सोधपुछ पछि चरम यातना दिने गरेको स्रोतले बताएको छ । मृतक खड्काकी श्रीमती जयलक्ष्मी खड्का, १३ बर्षिय छोरा दीपसागर र १२ वर्षिया छोरी दर्शना पृतनाकै फेमिली क्वार्टरमा बस्छन्। मृतक खड्का हतियार गायब प्रकरण अघि क्वार्टरमै आएर खाना खाने र संगै बस्थे । तर, हतियार गायब भएदेखी एकदिन पनि नआएको उनका छोरा दीपसागर बताउँछन् । त्यस घटनापछि दुईदिन पृतनाकै ल्याण्डलाईनबाट फोन गरेको एकदिन एकव्याक पिठो र बिस्कुट मगाएको र एकदिन सामान्य हालखबर मात्रै सोधेको उनले बताए । उनले पिठो र बिस्कुट लगेर गेटमा छोडेका थिए । ती फोनकलहरुमा एक मिनेट मात्रै कुरा हुने गरेको उनले बताए। त्यही यातना सहन गर्न नसकेर उनले आत्महत्या गरेको हुनसक्ने परिवार स्रोतको दाबी छ । पुठ्ठामा भएको निलडामका बिषयमा पृतनाकै एक आधिकारीले सोधपुछका क्रममा एकअर्कालाई हान्न लगाएको कुरा स्वीकार गरेको मृतकका दाई राजबहादुरले बताए। आत्महत्या गर्दा उनले सुसाईड नोट पनि छाडेको बुझिएको छ । सो कुरालाई जिल्ला प्रहरी प्रमूख प्रहरी उपरीक्षक दिल्लीराज बिष्टले स्वीकारे । उनले भने,‘त्यो सुसाईड नोट सही हो, होईन भनेर राष्ट्रिय बिधिबिज्ञान प्रयोगशालामा परिक्षणका लागि पठाएका छौ ।’ त्यसमा लेखिएका कारण भने उनले खोलेनन्। तर, ती कारणहरुमा आधारित रहेर अनुसन्धान भैरहेको बताए । आत्महत्या नै हो भन्ने कुरामा आफु बिश्वस्त रहेको उनको दाबी छ । ‘घटना आत्महत्या नै हो । तिन घण्टा निरन्तर अनुसन्धान र रिहर्सन गरेर त्यो आत्महत्या नै हो भन्ने निष्कर्शमा पुग्यौँ। तर, त्यसको कारणका बारे भने थप अनुसन्धान पछि नै थाहा हुन्छ,’ उनले थपे। यातना दिएको बिषयमा सैनिक प्रबक्ता तारा बहादुर कार्कीले अस्वीकार गरे। ‘हाम्रो आफ्नै अनुसन्धान र छानविन प्रक्रिया हुन्छ । सोही अनुसार भैरहेको छ,’ उनले भने,‘तर, कुनै किसिमको यातना भने दिईएको छैन्। अहिलेको दुनियामा यातना दिएर तथ्य पत्ता लाग्छ भन्ने पक्षमा सेना छैन्।’
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Torture
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Army
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Army
Actor 2 - Youth noyouth
Total Killed 1
Total damaged Buildings 00

0 Comments

Related Reports