Incident Reports

२ महिने गर्भवती घर निकाला

2016-08-21

Madhes, Saptari, Belhi Chapena

सप्तरी बेल्ही चपेना- ६ की २२ बर्सिया चन्द्रकला देवी मण्डल राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भर्ना भएकी छिन् । २ महिना की गर्भवती चन्द्रकला पति र ससुरा को कुटपिट बाट घाइते भएपछि उपचारका लागि अस्पताल भर्ना भएकी छिन् । पति र ससुरा ले कुटपिट मात्रै गरेनन, घरबाटै निकाले, चद्रकला ले भनिन। अरु संग किन बोलेको भन्दै दुबैजना ले कुटपिट गरि घर बाट निकाली दिए। गत बैशाख २२ गते बिहे भएकी चन्द्रकला लाइ ससुरा शिवनारायण मण्डल र पति बिनोदले कुटपिट गरि शनिबार साझा घर निकाला गरेका हुन्। बिबाह भएको २५ दिनपछि नै श्रीमान र ससुरा ले निर्घात कुट्न थालेका थिए, उनले भनिन। पति तथा ससुरा ले कुटपिट गर्न थालेपछि स्थानिय सामाजिक पन्चायती बसेको थियो। किन पन्चायती बोलाएको भन्दै दुवै जनाले निघार्त कुटे, उनले भनिन। ससुरा र श्रीमानले कुटपिट गर्ने र सासु र नन्द सरिताले घर भित्र थुन्ने काम गर्थे, उनले भनिन। कुटाईबाट चन्द्रकला को टाउको, छाती र ढाड मा गम्भीर चोट लागेको छ। चोट क कारण उनि राम्रो संग बोल्न सक्ने अवस्था पनि छैन। सनिबार एक घण्टा सम्म निरन्तर हात खुट्टा मुड्कीले गाईबस्तुलाइ जस्तै हानिरहे। कुटपिट पछि घर छाडेर जान भने। पिडित को मौखिक उजुरीका आधारमा प्रहरीले चन्द्रककाका ससुरा, पति लाई शनिबार साझा नियन्त्रण मा लिएको एस पी भिम प्रसाध ढकाल ले बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Secondary Form Banishment/shunning
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1

0 Comments