Incident Reports

यौन दुर्व्यवहार गरेको आरोपमा गिरफ्तार

2016-08-19

Lumbini, Rupandehi, Siddharthanagar

एक १५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा रुपन्देही प्रहरीले नेपाल आयल निगमको भैरहवा केन्द्रका प्रमुख ३५ वर्षीय चित्तरञ्जन दासलाई भैरहवाबाट भदौ ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपित दासले भदौ ३ गते यौन दुर्व्यवहार गरेको आरोपमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी बुद्धिराज गुरुङले बताए । आरोपित दासले पीडित बालिकालाई यौन दुर्व्यवहार गरेपछि बालिका चिच्याएको स्थानीयले बताएका छन् । बालिका चिच्याएपछि छिमेकीहरूले दासलाई कुटपिटसमेत गरेका थिए । कुटपिट भइरहेको सूचनाका आधारमा घटनास्थल पुग्दा यौन दुर्व्यवहारका बारेमा थाहा पाएको गुरुङले बताए । पीडितको उजुरीको आधारमा हामी कारवाहीलाई अगाडि बढाएका छौ । यो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको रुपन्देही प्रहरी प्रमुख बुद्धिराज गुरुङले भने ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1

0 Comments