Incident Reports

हबल्दारका छोराको हात भाँचिँदा बालक हिरासतमा

2016-08-22

Madhes, Bara, Kalaiya

 हबल्दारको छोरासँग गुच्चा खेल्ने क्रममा भएको झगडाकै निहुँमा प्रहरीले चार वर्षीय बालकलाई तीन घन्टा हिरासतमा राखेर मुक्त गरेको छ । प्रहरीले बाराको कलैया नगरपालिका वडा नम्बर ४ मा डेरामा बस्दै आएका मोतीलाल गुप्ताका चार वर्षीय छोरा मुन्ना गुप्तालाई सोमबार हिरासतमा राखेको हो । जिल्ला प्रहरी कार्यालय बाराबाट मोटरसाइकलमा चढेर गएका दुईजना बर्दीधारी प्रहरीले सोमबार मध्याह्न १२ बजेतिर घरअगाडिको बाटोमा खेल्दै गरेका मुन्नालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा लगेका थिए । बाटोमा खेल्दै गरेको अवस्थामा बालकलाई प्रहरीले अचानक उठाएर लगेपछि स्थानीयले बालकका अभिभावकलाई खबर गरेका थिए । प्रहरीले नाबालक छोरालाई पक्रेर लगेपछि उनकी आमा र काका जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए । 'प्रहरी कार्यालयमा गएर सोध्दा ड्युटीमा रहेका पुलिसले कुनै पनि बच्चा पक्रेर ल्याएका छैनौं भनेर हपारे । हामीले पटकपटक सोध्यौं तैपनि भनेनन्', नाबालक मुन्नाकी आमा पुनम देवीले भनिन्, 'मैले प्रहरी कार्यालयमै आगो लगाइदिन्छु भनेर धम्क्याएपछि बल्ल उनीहरूले महिला सेलमा राखेको छ भने ।' जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी हबल्दार जालन्धर महतो कोइरीका १० वर्षीय छोराको हात भाँचिदिएको आरोपमा प्रहरी निरीक्षक अरुण कुशवाहाको निर्देशनमा प्रहरीले मोतीलालका नाबालक छोरा मुन्नालाई पक्रेर हिरासतमा राखेको मुन्नाकी आमा पुनम देवीले बताइन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Violence in prisons (violence by correction officers, prisoners etc.)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments