Incident Reports

बलात्कार प्रयास गरेको कसुरमा २ वर्ष ६ महिना कैदको फैसला

2016-04-27

Madhes, Dhanusha, Rajbiraj

२० वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा भुतही गाविस-८ का ५० वर्षीय रामचन्द्र प्रमाणीलाई जिल्ला अदालतले भदौ ६ गते २ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । न्यायाधीश विनोदकुमार गौतमको इजलाशले उक्त पैसला सुनाएको अदालतका श्रेस्तेदार नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । पीडित महिलालाई रामचन्द्र प्रमाणीले बलात्कार प्रयास गरेको र श्रेष्ठका २० वर्षीय छोरा जितेन्द्र प्रमाणीले बलात्कार गरेको आरोप लगाउँदै पीडितले जिल्ला प्रहरी कार्यालयमा गत वैशाख १४ गते उजुरी दिएकी थिइन् । प्रहरीले वैशाख १४ गते उजुरी दर्ता गरी सोही दिन रामचन्द्रलाई घरबाट गिरफ्तार गरेको थियो भने अर्का आरोपित जितेन्द्र हालसम्म फरार छन् । पीडितको महिलाको स्वास्थ्य परीक्षण राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा वैशाख १५ गते गरिएको थियो । जिल्ला न्यायाधीश गौतमकै इजलाशले आरोपित रामचन्द्र गत जेठ ९ गतेदेखि पूपर्क्षका लागि राजविराज कारागारमा थुनामा थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1

0 Comments