Incident Reports

हत्या गरिएको अवस्थामा शव फेला

2016-08-25

Province 1, Morang, Pathari Shanishchare

मोरङको पथरीशनिश्चरे नगरपालिका–१ का २५ वर्षीय गोविन्द दर्नालको हत्या रक्सी खुवाएर आफ्नै साथीहरुले गरेको खुलासा भएको छ। पुरानो रिसिवीका कारण रक्सी खुवाएर साथीहरुले नै दर्नालको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो। हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेपछि घटनाबारेको यर्थाथ रहस्य बाहिर आएको हो। धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा गत भदौ ८ गते बिहान पथरी शनिश्चरे–८ स्थित श्रीजंगा धार्मिक सामुदायिक वनभित्र गोविन्दको शव फेला परेको थियो। घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाउन म्याद थप गरेर थप अनुसन्धान अघि बढाइको छ। घटनाका मुख्य योजनाकारण पथरी शनिश्चरे–१ का २७ वर्षीय झाँकी भनिने विजय तामाङसहित घटनामा संलग्न सोही ठाउँका १८ वर्षीय एलेक्स नेपाली र २१ वर्षीय किरण गुरुङलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी योगेन्द्रसिंह थापाले बताए। ‘प्रारम्भिक अनुसन्धानबाट गोविन्दको हत्या पुरानो रिसिईवी साँध्नका योजनाबद्ध तरिकाले गरेको खुलेको छ,’ थापाले भने, ‘रक्सी खुवाएर हत्या गरेको खुलेको छ।’ घटनाबारे अनुसन्धान गरिरहेका इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रमेश बस्नेतका अनुसार गोविन्द र विजयबीच केही दिन अघि विवाद भएर कुटाकुट समेत भएको थियो। त्यही रिसिईवी साँध्न विजयले दुई जना साथीको सहयोग लिएर भदौ ७ गते राति गोविन्दलाई वनमा बोलाएर पूर्व योजना अनुसार हत्या गरेको प्रहरी निरीक्षक बस्नेतले बताए। प्रहरीका अनुसार हत्या गर्नु अघि विजयले हत्याका लागि एलेक्सलाई परिचालन गरेका थिए। विजयले एलेक्सलाई एक हजार पाँच सय रुपैयाँ दिएर गोविन्दलाई पथरी शनिश्चरेमा रहेको भुटानी शरणार्थी शिविरभित्र रहेको भट्टीमा रक्सी खुवाउन लगाएको खुलेको बस्नेतले दिए। ‘दुई जनासंगै बसेर रक्सी खाइसकेपछि एलेक्सले गोविन्दलाई वनमा दुईवटी केटी बोलाएको छु रमाइलो गर्नु पर्छ जाऊँ भनेर लगेछ,’ बस्नेतले भने, ‘वनमा पुग्ने वित्तिकै तीनै जना मिलेर हत्या गरेको खुलेको छ।’ एलेक्स र गोविन्द वनमा पुग्न साथ झाडीमा लुकेर बसेका विजय र किरणले पछाडिबाट दर्नाललाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गोविन्दको शरीरका सबै ठाउँमा खुुकुरी प्रहार गरेर हत्या गरेपछि झाँडीमा शव फ्यालेर तीनै जना फरार भएका थिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Personal issues (DO NOT USE ANYMORE!)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports