Incident Reports

नवजात शिशुको हत्यारा प्रेमजोडीलाई जन्मकैद

2015-08-12

Gandaki, Parbat, Jaljala, Ward 8

१ रामरेखाका १९ बर्षीया मनोज बोहोरालाई कैद सजाय सुनाएको हो । पर्वत जिल्ला अदालतका जिल्ला न्यायधीश मोहनराज भट्टराईको एकल इजालासले मंगलबार दुई प्रेमी प्रेमिकालाई छुट्टाछुट्टै सजाय हुने गरी फैसला गरेको छ । अदालतले पर्वत नाग्लिवाङ ४ की संगीता रेग्मीलाई मुलुकी ऐन ज्यान सम्बन्धि महल १३ (३) बमोजिम सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ भने बाग्लुङ नगरपालिका १ रामरेखाका मनोज बोहोरालाई मुलुकी ऐन ज्यान सम्बन्धि महल १३(४) बमोजिम जन्मकैद हुने गरी फैसला सुनाएको हो । रेग्मी र बोहोराबीच लामो समयदेखि प्रेम सम्बन्ध रहँदै आएको थियो । अबैध सम्बन्धका कारण रहन गएको बच्चा जन्मेपछि हत्या गरेर घर नजिकै बारीमा गाडेको आरोपमा मुद्दा चलेको थियो । रेग्मी ले नाङ्गलीबाङ्ग ४ स्थित घर नजिकै घैयाबारी भन्ने स्थानमा २०७२ कार्तिक २१ मा जन्मदिइ धाँजा फाटेको ठाउँमा वेवारिसे अवस्थमा प्रहरीले फेला पारेकोे थियो । शिशुको शव काग गिद्धले बाहिर निकालेर वेवारिसे अवस्थामा भेटिएपछि स्थानीयले कार्तिक २४ गते प्रहरीलाई खबर गरेका थिए । बागलुङ्गमा बसेर क्याम्पस पढ्दै गरेकी रेग्मी र बोहराको लामो समयदेखि प्रेम सम्बन्ध रहँदै आएको प्रहरी सोधपुछबाट प्रमाणित भएको थियो । उनीहरुलाई प्रहरीले प्रहरीले दुवैलाई पक्राउ गरी २०७२ मंसिर १६ गते पर्वत जिल्ला अदालतमा कर्तव्य ज्यान अन्तर्गत मुद्धा दायर गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1

0 Comments