Incident Reports

शर्मालार्इ साढे अाठ वर्ष कैद ।

2014-11-26

Province 1, Morang, Biratnagar

Sharma is denying to sign for the citizenship of his 17 year old adopted daughter though he himself has signed for her birth certificate and SLC पुनरावेदन अदालत विराटनगरले गाेपाल शर्मालार्इ साढे ८ वर्ष कैद गर्ने जिल्ला अदालत मोरङको फैसलालाई सदर गरेको छ। आफ्नै धर्मपुत्रीलाई बलात्कार गरेको पुष्टी भएपछि शर्मालाई जिल्ला अदालत मोरङले ८ वर्ष ६ महिना कैद र ७५ हजार क्षतिपूर्ति भराउने फैसला गरेको थियो। जिल्लाको निर्णय विरुद्ध शर्माले पुनरावेदन गरेका थिए। पुनरावेदन अदालतले बुधबार जिल्ला अदालत मोरङको आदेश लाई सदर गरेको हो। न्यायधीश बिदुर बिक्रम थापा र पुष्पराज कोइरालाको संयुक्त इजलासले जिल्ला अदालत मोरङको निर्णयलाई सदर गरेको हो। जिल्ला अदालत मोरङ को फैसलामा हाडनाता तर्फ नबोलेको भन्दै पुनरावेदन सरकारी वकिलको कार्यालयले पनि प्रतिवेदन दर्ता गरेको थियो। तर, पुनरावेदनको बुधबार भएको फैसलामा हाडनाता तर्फ केहि उल्लेख गरिएको छैन। आफ्नै धर्मबुवाले पटक पटक जबरजस्ती करणी गरेको घटना सार्बजनिक भएपछि शर्मा भारतको आसाममा लुकेर बसेका थिए। घटना सार्बजनिक भएपछि फरार भएका शर्मा २०७१ मंसिर ११ गते अदालतमा उपस्थित भएका थिए। नेपाली काँग्रेस ट्रेड युनियन मोरङको तत्कालीन अध्यक्ष समेत रहेका शर्मालाई छुटाउन काँग्रेसको ठुलो शक्ति लागि परेको थियो। धर्मपुत्रीलाई जन्मदर्ता र एसएलसीको प्रमाणपत्रमा समेत बाबु आमा आफै बनेर बनाईदिएका थिए। नागरिकता दिन मानेनन् धर्मपुत्री बनाएर जन्मदर्ता र एसयलसीको प्रमाणपत्रमा आफ्नै नाम उल्लेख गरेका शर्माले १७ बर्षीया ती किशोरीलाई नागरिकतामा सनाखत गर्न मानेका छैनन्। बलात्कार मुद्दामा जेल चलान भएका शर्मा र उनकी श्रीमतीले धर्मपुत्री बनाएका ती किशोरीलाई नागरिकतामा सनाखत गर्न नमानेका हुन्। जन्मदर्ता र एसयलसीको प्रमाणपत्रमा शर्माकै नाम छ। किशोरीका दाजुले भने 'नागरिकता चाहिएको छ। तर नागरिकतामा सनाखत गर्न मानेका छैनन्।' सनाखत गर्न नमानेपछि नागरिकता पौने समस्या भएको उनले बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1

0 Comments