Incident Reports

हतियार तथा बिष्फोटक पदार्थ सहित पक्राउ

2016-06-22

Lumbini, Dang, Tulsipur, Ward 19

बिजौरी–९ छिल्लिकोट बस्ने ३३ वर्षीय ओमप्रकाश पुनलाई ४० थान बिष्फोटक पदार्थ (डेटोनेटर) सहित प्रहरीले पक्राउ गरेको छ । पुनले घरमा बिष्फोटक पदार्थ लुकाई राखेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले सोमबार उनको घर तलासी गर्दा उक्त परिमाणको बिष्फोटक पदार्थ बरामद भएको थियो । यसैगरी कटुवा पेस्तोल १ थान र एसएलआर राईफलमा प्रयोग हुने गोली १ थान सहित दाङ विजौरी–९ बस्ने ३० बर्षीय प्रेम वली र २१ बर्षीय कमल वलीलाई प्रहरीले पक्राउ गरेको छ । गत असार ८ गते हातहतियार देखाई जवरजस्ती करणी गरेको अभियोगमा फरार बिजौरी–९ बस्ने ३३ बर्षीय धन बहादुर पुन सोमबार प्रहरीले लमही नगरपालिका–१ स्थित बजारबाट पक्राउ गरी सोधपुछ गर्दा घटनामा प्रयोग भएको हतियार प्रेम वलीलाई दिएको छु भनी खुलाए पश्चात वलीलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा वलीले समेत उक्त हतियार कमल वलीलाई राख्न दिएको बताएपछि प्रहरीले कमल वलीको घर तलासी गर्दा घरको माथिल्लो तलामा कपडाले बेरी लुकाई छिपाई राखेको अवस्थामा उक्त कटुवा पेस्तोल र गोली बरामद भएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons Small arms , Improvised explosive device (IED)
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments