Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध मुद्दा दर्ता

2016-08-20

Province 1, Dhankuta, Mahalaxmi, Ward 4

एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चानुवा गाविस-२ का ४० वर्षीय जितबहादुर रसाईलीविरूद्ध प्रहरीले भदौ १४ गते जिल्ला अदालत धनकुटामा मुद्दा दायर गरेको छ । पीडितकी आमाले भदौ १३ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा आरोपितविरूद्ध जिल्ला अदालतमा जबरजस्ती करणी अन्तरगतको मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बिमल बस्नेतले बताए । पीडित बालिकालाई भदौ ४ गते आरोपितले बलात्कार गरेको उजुरीमा उल्लेख गरिएको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ १३ गते जिल्ला अस्पतालमा गरिएको पनि प्रहरीले जनाएको छ । घटना पश्चात् फरार रहेका आरोपितको खोजी कार्य भई रहेको डिएसपी बस्नेतले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1

0 Comments