Incident Reports

प्रहरीले यातना दिएको भन्दै मानव अधिकार आयोगमा उजुरी

2016-08-22

Lumbini, Rukum East, Chaurjahari, Ward 4

चौरजहारी नपा-२ का ३२ वर्षीय महेशकुमार आर्चायलाई प्रहरीले सामान्य विवादमा गिरफ्तार गरी यातना दिएको भन्दै पीडितका बुवा ५२ वर्षीय शरण आर्चायले राष्ट्रिय मानव अधिकार आयोगको क्षेत्रीय कार्यालय नेपालगञ्जमा भदौ १६ गते उजुरी दिएका छन् । भाइभाइ बीचमा अंशसम्बन्धी छलफल हुँदा विवाद भएपछि इलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरीले महेशलाई भदौ ६ गते गिरफ्तार गरी कुटपिट गरेको भन्दै उक्त घटनामा संलग्न प्रहरीलाई कानुनी कारबाहीको माग गर्दै आयोगमा उजुरी दिएको पीडितका बावुले बताएका छन् । पीडित पक्षले आयोगमा इमेलमार्फ उजुरी दर्ता गरेको पीडितका बावु शरणले बताए । प्रहरीले गिरफ्तार गरेपछि लट्ठीले पिट्दै, शरीरका कपडा खोलेर हिँडन लगाएको पीडितका बुवाले आरोप लगाएका छन् । जिल्लामा सबैसँग न्यायका लागि अनुरोध गरे, कसैले सहयोग नगरेपछि इलाका प्रहरी कार्यालय चौरजहारीका इञ्चार्ज इन्स्पेक्टर पुष्पकमल श्रेष्ठ र जिल्ला प्रहरी कार्यालयका डीएसपी रुपेश खड्कालाई कारबाहीको माग गर्दै आयोगमा उजुरी दर्ता गरेको उनले बताए । महेश जिल्ला प्रहरी कार्यालय रुकुमको हिरासतमा छन् । प्रहरीका अनुसार महेशले सार्वजनिक ठाउँमा आफन्तलाई कुटेकाले सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाइएको छ । यस विषयमा जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी रुपेश खड्कासँग सम्पर्क हुन सकेन । केही समय यता जिल्ला प्रहरी कार्यालय रुकुमले आरोपितलाई हिरासतमा कुटपिट गर्ने तथा यातना दिने गरेको आरोपहरू बढेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Torture
Weapons Blunt weapon
Primary Cause Others
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments

Related Reports
Related Trend Analysis