Incident Reports

हत्यामा संलग्न भारतीय नागरिक पक्राउ

2016-06-05

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 13

जेठ २५ गते पोखराको ८ मिलन पथ स्थित चौरमा टाउकोमा गम्भिर चोट लागेको अवस्थामा एक युवती भेटिइन् । उनी गोरखाको सिर्दीवास गाविस-३ घर भई हाल कास्कीको पोखरा उपमहानगरपालिका-८ मिलनपथ बस्ने २१ वर्षीया सुम्नी भन्ने स्मृति गुरुङ थिइन् । उनको उपचारका क्रममा भोलिपल्ट मणिपाल शिक्षण अस्पतालमा निधन भयो । घटनाबारे कस्की प्रहरीले अनुसन्धान थाल्यो । अनुसन्धानका क्रममा भारत मध्यप्रदेश शिवपुरी जिल्ला महल कोलोनी घर भई हाल पोखरा- ६ डिहिको पाटन बस्ने ३१ वर्षका अखिलेष झा पक्राउ परे । अनुसन्धानका क्रममा उनले नै स्मृति गुरुङलाई ढुंगा प्रहार गरेको खुलेको छ । प्रारभ्मिक सोधपुछको क्रममा झाले रातको समयमा मोटसाइकलमा घुम्न जाने र एकान्त स्थानमा एक्लै हिँडिरहेकी महिला वा युवतीलाई ढुंगाले प्रहार गर्ने गरेको बयान दिएका छन् । उनले अहिलेसम्म पोखराका मिलनपथ, प्रदर्शनी केन्द्र, नयाँबजार, बगालेटोल, शिवालय चोक, बिरौटा , लगायतका बिभिन्न ७ ठाउँमा यस्तै घटना गराएको स्विकार गरेका छन् । तर, उनले ढुंगा प्रहार गर्नुको कारण भने खुलाएका छैनन् । प्रहरीका अनुसार झाको ढुंगा प्रहारबाट स्मृति गुरुङको मृत्यु भएको छ भने अन्य घाइते मात्र भएका थिए । प्रहरीले अखिलेषले चढ्ने ग ६ प ५२१० नम्बरको मोटसाइकल पनि बरामद गरेको छ । कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Unclear
Secondary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis