Incident Reports

बेचिनबाट जोगिए २२ नेपाली चेली, दिल्लीबाट उद्धार

2016-09-03

Bagmati, Kathmandu, Kathmandu

बेच्नका लागि भारत दिल्लीबाट मध्यपूर्वतर्फ लैजान लागिएका २२ जना नेपाली चेलीको उद्धार गरिएको छ । उनीहरुलाई दिल्लीको अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको होटलबाट उद्धार गरिएको हो । दिल्ली स्थित नेपाली दूतावासले नेपाली महिलाको उद्धारका लागि सहयोग मागेपछि क्राइम ब्रान्चको टोलीले होटलमा छापा मारेको थियो । एक महिला होटलबाट भागेर दूतावास पुगेपछि नेपाली महिला बेचिन लागेको खबर सार्वजनिक भएको हो । उद्धार गरिएका महिलाको भिसा अनुसार उनीहरुलाई कतार र मध्यपूर्वका देशहरुमा तस्करी गर्न लागिएको बुझिएको प्रहरीले जनाएको छ । उनीहरुलाई एक हप्ता अघिनै दिल्ली पु¥याइएको प्रहरीको भनाई छ ।

0 Comments