Incident Reports

विश्वकर्मा सिमेन्टमा लोडरले किचेर मजदुरको मृत्यु

2016-08-21

Madhes, Bara, Parwanipur

प्रस, परवानीपुर मजदुरलाई लोडरले किचेपछि विश्वकर्मा सिमेन्ट प्रालिमा आइतवार बिहानदेखि उत्पन्न भएको तनाव साँझ साम्य भएको थियो । मृतक परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन कम्पनी राजी भएपछि पीडित परिवार लाश उठाउन सहमत भएको हो । आइतवार साँझ राणीसती मन्दिरमा व्यवस्थापन र मजदुर पक्षबीच भएको वार्तामा क्षतिपूर्तिबापतको १० लाख रुपैयाँमध्ये १ लाख रुपैयाँ क्रिया खर्चको लागि सोमवार उपलब्ध गराउने तथा परिवारका एकजना सदस्यलाई रोजगार दिने सहमति भएपछि विवाद साम्य भएको थियो । साथै, लोडर चालकलाई पक्राउ गरी आवश्यक कानुनी कारबाई गर्नुपर्ने सहमति भएको प्रहरीले जनाएको छ । वीरगंज–२४ लिपनीबिर्तास्थित त्रिवेणी समूहको उक्त उद्योगमा आइतवार बिहान साढे ४:४५ बजे लोडरले किचेर मजदुर शिवशड्ढर साह गोढको मृत्यु भएको थियो । लोडर चालकले मजदुर शिवशड्ढर साह गोढको ज्यान जबरजस्ती लिएको मजदुरहरूको आरोप छ । यता, कम्पनीले दुर्घटनामा मजदुरको मृत्यु भएको जनाएको छ । वीरगंज–२५ जगरनाथपुर बस्ने मजदुर शिवशड्ढर काम गरिरहेको अवस्थामा पर्सा, बैरियाबिर्ता–५ को ध्यानसिंह पिपरा बस्ने रवीन्द्र तुरहाले लोडर चलाउँदा किचेर मृत्यु भएको हो । घटनापछि कम्पनीका प्रबन्धक ईश्वर शर्माले वडा प्रहरी कार्यालय श्रीपुरलाई खबर गरेका थिए । घटनालगत्तै प्रहरीले लाशलाई भ्यानमा राखेर बाहिर निस्किरहेको अवस्थामा केही मजदुरले लाश खोस्न खोज्दा झडप भएको थियो । प्रहरी निरीक्षक ऋषिराम ढुंगानाको टोलीले आफन्तजन र मजदुरहरूलाई हातपात गर्दै लाश लग्ने प्रयास गरेको मजदुर रामजनम यादवले बताए । मजदुरहरूको अवरोधपछि लाश कम्पनी परिसरमैं प्रहरीले राखेको थियो । लोडर चालक फरार छन् । प्रहरी निरीक्षक ढुंगानाले पोस्टमार्टमको लागि प्रहरीले लाश लिएर वीरगंजतर्फ मात्र खोजेको प्रतिक्रिया दिएका छन् । उनले फरार चालकलाई नियन्त्रणमा लिने प्रयास भइरहेको जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Violence during arrest/detention
Weapons None
Primary Cause Extra-judicial response to traffic accidents
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 6
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown

0 Comments

Related Reports
Related Trend Analysis