Incident Reports

प्रअसँग ५० लाख माग गरेको आरोपमा दुईजना पक्राउ

2016-08-21

Madhes, Rautahat, Gaur

नेमधारी उच्च माध्यमिक विद्यालय मुडबलवाका प्रधानाध्यापकसँग रू ५० लाख रकम माग गरेकोले प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुडबलवा–३ का मुन्नाकुमार यादव र बगही–१ निवासी अवधलाल महतो छन् । प्रधानाध्यापक रविशङ्कर यादवको ९८४९२१८१३५ र ९८४००५२२४० नम्बरको मोबाइलमा फोन र एसएमएस गरी ५० लाख रुपियाँ नदिए ज्यान मार्ने, विद्यालय होस्टलसहित उडाइदिने धम्की भाद्र ५ गतेदेखि दिंदै आएका थिए । प्रहरीले विशेष सुराकीको आधारमा दुईजनालाई पक्राउ गरेको आज जिप्रका रौतहटद्वारा गरिएको पत्रकार भेटघाटमा प्रहरी उपरीक्षक डा गणेश रेग्मीले बताए । ५० लाख माग गर्ने मोबाइल सिमसहित पक्राउ गरिएको उनले बताए । पक्राउ परेको मोबाइल सिमबाट सद्भावना पार्टीका जिल्ला अध्यक्ष शेख जमसैदबाट डेढ महिना पहिले रु २० लाख रकम माग गरिएको बताइएको छ । मोबाइल फोन लिएको नागरिकता समेत किर्ते रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । नक्कली फेसबूक एकाउन्ट बनाई सर्वसाधारणलाई ब्लेकमेल गरी रकम माग गर्ने गरेको रहस्य खुल्न आएको उपरीक्षक रेग्मीले बताए । पक्राउ परेका उपर जबरजस्ती असुली, अपहरण उद्योग, नागरिकता किर्ते, सङ्गठित अपराधजस्ता कसुरमा अनुसन्धान कारबाई चालू राखी समूहका अन्य अपराधीको खोजतलास भइरहेको उनले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Threat/intimidation
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth

0 Comments

Related Reports