हेटौंडा, ३१ साउन÷ नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेकपा माओवादीको भ्रातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी) मकवानपुरले जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यलाई कालोमोसो दलेका छन् ।
प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र, वैद्य नेतृत्वको नेकपा–माओवादी र विप्लब नेतृत्वको नेकपा माओवादीनिकट विद्यार्थी संगठनले निर्धारित कार्यक्रमअनुसार सोमबार दिउँसो संयुक्तरुपमा ज्ञापनपत्र बुझाउने कार्यक्रमपश्चात् जिशिअ आचार्यलाई कालोमोसो दलिएको हो ।
प्रचण्ड र वैद्य नेतृत्वको माओवादीनिकट विद्यार्थीहरु फर्किसकेपछि जिशिअ नजिकै बसेका विप्लब नेतृत्वका विद्यार्थी नेताहरुको समूहले प्रजिअ आचार्यलाई कालोमोसे दलेर फरार भागेका थिए । प्रजिअलाई कालोमोसो दलेसँगै नेकपा माओवादी लेखिएको पर्चा उक्त स्थानमा छोडिएको थियो । उक्त पर्चामा शिक्षा अधिकारीलाई कारबाही किन ? भन्ने प्रश्नसहित १२ वटा बुँदाहरु उल्लेख गरिएको छ ।
घटना भएको केही समयपश्चात् जिल्ला शिक्षा कार्यालयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोली पुगेको थियो । प्रहरीले घटनास्थलमा भएको पर्चा संकलन गरेको छ भने घटनाको थपअनुसन्धान गर्ने जनाएको छ ।
पर्चाअनुसार २०७२ सालको प्रवेशिका परीक्षाको उत्तरपुस्तिका र प्रश्नपत्र विभिन्न परीक्षा केन्द्रमा जिशिकाको गाडीमार्फत् पु¥याइएको भएपनि भाडाको सवारी प्रयोग गरिएको भनी सरकारी रकम हिनामिना गरिएको, साँस्कृतिक बिचलनमा संलग्न अडियो सार्वजनिक हुँदा स्वीकार गरेको, २०७३ सालको छात्रवृत्ति पूर्णरुपमा आफूखुशी वितरण गरेको तथा मकवानपुर, बारा, पर्सा, रौतहट र चितवन जिल्लामा ५ प्रतिशत छात्रवृत्ति वितरण कार्यान्वयन फितलो भएको र लाभान्वित हुनुपर्ने व्यक्तिले लाभ प्राप्त नगरेको उल्लेख गरिएको छ ।
पर्चामा भकम्पपश्चात् दुर्गम गाउँका अधिकांश विद्यालयहरुमा अस्थायी शिकाई केन्द्र स्थापनाका लागि निकास भएको रकम प्राविधिक, स्रोतव्यक्ति, प्रधानाध्यापक एवम् व्यवस्थापन समितिको अध्यक्षसँग मिली रकम हिनामिना गरेको र अस्थायी केन्द्र निर्माण नहुँदा बालबालिका छानामुनि बसेर पढ्न बाध्य भएको भन्दै आफू कार्यालय, फिल्ड वा बिदामा जाँदासमेत अगुवा स्रोतकेन्द्रमा चलेको सम्पूर्ण तालिमको संयोजक भएर दोहोरो सुविधा लिइएको उल्लेख छ ।
शिक्षक नियुक्तिमा आफूखुशी कार्य गरेको, विद्यालय बन्द गराएर अनावश्यक व्यक्तिलाई प्रधानाध्यापक बनाइएको आरोप पर्चामा लगाइएको छ । आफूखुशी शिक्षक सरुवा गराएको, एउटा प्रकृतिको विद्यालयमा पनि भिन्न भिन्न किसिमको नियम लाद्न खोजेको, इन्धन र यातायात मर्मतको नाममा झुटा बिल पेश गरी रकम हिनामिना गरको करार कर्मचारी नियुक्ति र म्याद थप आफूखुशी गरिरहेको आरोप नेकपा माओवादीको छ ।
जिशिअ आचार्यले नेकपा माओवादीको उक्त कदम गलत भएको बताएका छन् । उनले आफूले जिल्लाको शिक्षा क्षेत्रमा देखेको विकृत हटाउन कार्य गरिरहेको अवस्थामा आफूमाथि गलत कदम चालिएको भन्दै भत्सर्ना गरे । ‘मैले जुनजुन समस्या देखेर न्यूनीकरण गर्नका लागि अगाडि बढेको थिएँ । उक्त समस्या नै पर्चामा उल्लेख गएिको छ’, जिशिअ आचार्यले भने ।
प्रचण्ड र वैद्य नेतृत्वको माओवादी निकट विद्यार्थी संगठनले सोमबार दिउँसो हेटौंडामा पत्रकार सम्मेलन गर्दै घटनामा आफूहरुको संलग्नाता नरहेको स्पष्ट पारेको छ । त्यसैगरी एमाले निकट विद्यार्थी संगठनले विज्ञप्ति जारी गर्दै यो घटनाले विद्यार्थी आन्दोलनलाई कमजोर बनाउने जनाएको छ ।
Update
------------
जिल्ला शिक्षा अधिकारिमाथी दुरव्यहार गर्ने एक युबक्लाई जिल्ला प्रशासन कार्यलयले ७ दिन थुनामा राखी अनुसन्धान गर्ने प्रहरिलाई अनुमती दिएको छ। केही दिनआघी जिल्ला शिक्षा अधिकारि अम्बिका प्रसाद आचार्य माथि दुरवहार प्रयास गर्ने नेकपा माओवादी विपलप समुह समबद विद्यार्थी संगठनका सचिब प्रेम शाहीलाई मकवानपुर प्रहरिले शनिबार पक्राउ गरेको थियो।
आईतवार जिल्ला प्रशासन कार्यालयमा पेस गरी आवश्यक अनुसन्धानका लागि ७ दिन हिरसतमा राख्न अनुमती पएको जिल्ला प्रहरी कार्यालय मकवनपुरका प्रहरी नायव उपरिक्षायक बम्देव गौतमले जानकारी दिनुभयो । हिरासतमा राखी आवस्यक अनुसन्धान गर्ने डिएसपी गौतमले जानकारी दिनुभयो ।
प्रहरीले सार्वजनिक आपराध अन्तर्गत शाही विरुध मुद्दा दायर गर्ने पनि डिएसपी गौतमले जानकारी दिनुभयो ।