Incident Reports

नेपालीको हत्यामा संलग्न भारतीय नागरिक पक्राउ

2016-08-20

Province 1, Morang, Biratnagar, Ward 5

सप्तरी प्रहरीले मोरङको विराटनगर उप महानगरपालिका वडा नं १९ का राजेश साहको हत्या गरेर फरार रहेका एक भारतीय नागरिकलाई शनिबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको अररिया जिल्ला जोगबनीका २६ बर्षीय जिबछ कुमार साह रहेको सप्तरीका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए। जिबछलाई गोप्य सुचनाको आधारमा जिप्रका सप्तरीबाट खटेको प्रहरी टोलीले जिल्लाको बभन्नगामाकटी गाविसको सदेपरस्थित ससुरा कृष्ण साहको घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका उनलाई आवश्यक अनुसन्धानका लागि पूर्व क्षेत्रीय प्रहरी कार्यालय रानी विराटनगर पठाइएको प्रहरी उपरीक्षक ढकालले बताउनु भयो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
Local Newspaper - Morang

0 Comments

Related Reports