Incident Reports

सुकुम्बासिहरुद्वारा प्रजिअसमक्ष सुरक्षा माग

2016-08-06

Lumbini, Banke, Khajura, Ward 3

बाँके, वागेश्वरीका सुकुम्बासीहरुले बाँकेका प्रमुख जिल्ला अधिकारीसंग सुरक्षा माग गरेका छन् । सुकुम्बासीहरुको एक समूहले बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थलाई भेटेर सुरक्षाको व्यवस्था मिलाइदिन आग्रह गरेको हो । बगेश्वोरी-३ को गाउमा बस्दैआएका सुकुम्बासीलाई एक समूहले बस्ती नछोडे ज्यान मार्ने धम्की दिइएकाले प्रशासनसमक्ष सुरक्षा माग गरिएको बताइएको छ । जग्गाधनीसहितको समुहले शुक्रबार पुगेर आफुहरुसंग हतियार भएको दावी गर्दै समयमै बस्ती खाली नगरे उडाइदिने धम्की दिइएकाले आफुहरु असुरक्षित महसूस गर्दै सुकुम्बासीहरुले बताए । सुकुम्बासी बस्दैआएको बस्तीमा जोडिएको बिधुतसमेत काटीएकाले यथाशिग्र जोडिदिन उनीहरुले माग गरेका छन् । जानकारका अनुसार सार्वजनिक जग्गा २०३६ सालमा पूर्वका एक सरकारी कर्मचारीले श्रीमती र सानीआमाको नाममा गरेका हुन् । त्यस स्थानमा २०२८ सालदेखि ४५ घर सुकुम्बासीहरु बस्दै आएकोमा गुण्डा परिचालन गरेर बस्तीमा आएर मानिसहरुलाई धम्की दिने गरिएको सुकुम्बासीहरुको भनाइ छ । सो सम्बन्धमा प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले आफुलाई केही जानकारी नभएकाले घटनाबारे बुझेर के गर्नुपर्ने हो , त्यसबमोजिम गरिने बताउनुभयो । उक्त घटनाबारे चासो राख्दै नेकपा माओवादी केन्द्र बाँके र नेकपा माओवादी विप्लवको जिल्ला नेतृत्वले प्रमुख जिल्ला अधिकारीलाई भेटेर थापाले बोक्ने दुईवटा अत्याधुनिक हतियारको बारेमा छानबिन गर्ने मागसमेत गरेको थाहा हुन आएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Threat/intimidation
Primary Cause Access/control of private land
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 100
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments