Incident Reports

बलात्कार घटनाका आरोपितविरुद्ध मुद्दा दर्ता

2016-08-31

Lumbini, Rolpa, Runtigadi, Ward 8

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले झेनाम गाविस-८ च्यूरीपानीका २६ वर्षीय हिराबहादुर योगीविरुद्ध जिल्ला अदालतमा भदौ २४ गते मुद्दा दर्ता गरिएको छ । पीडित बालिकालाई भदौ १६ गते आरोपितले बलात्कार गरेको आरोपमा भदौ १८ गते इलाका प्रहरी कार्यालय होलेरीमा पीडित पक्षले उजुरी दिएको थियो । उजुरीका आधारमा आरोपितलाई भदौ १८ गते गिरफ्तार गरी जिल्ला अदालत रोल्पामा भदौ २४ गते मुद्दा दर्ता गरेको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ १८ गते प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा गरिएको प्रहरीले जनाएको छ । पीडित बालिकालाई प्रहरीको संरक्षणमा राखिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका इन्स्पेक्टर केशवबहादुर बस्नेतले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments