Incident Reports

कमाई घरमा पुर्र्याउन ज्यानकै जोखिम

2016-08-21

Lumbini, Banke, Kohalpur

कोहलपुरले रोकायलाई लुटपाटमा मुद्धा चलाएर कारबाही प्रक्रिया अघि बढाएको छ । भारतमा काम गरेर फर्किने नेपालीलाई पहिला भारतीयले लुटछन् । भारतीयसंग बचेर आए भने आफ्नै नेपाली दाजुभाईले विभिन्न तरिकाबाट लुटछन् । रोकाय र घर्ति त हरिद्वार बसपार्कमा भेट भएर चिनजान भएका थिए । एक वर्षअघि दैलेखका बलराम शर्माले गाउकै व्यक्तिलाई संगै काम गरेर फर्किदा नेपालगन्जमा लुटेका थिए । कोक, पानी, बिस्कुटमा नशालु पदार्थ मिसाएर खुवाउने र बेहोस बनाई लुटपाट गर्ने गरिन्छ । चाडबाड नजिकिदै जादा नेपाली लुटिएको समाचार दैनिकजसो नै आउने गर्दछ । यो अहिलेको मात्रै नभएर बर्षौदेखिको ठुलो समस्या हो र बाँके प्रहरीका लागि टाउको दुखाइको बिषय पानी हो । यात्रा र सीमामा हुने यस्ता अपराध रोक्नका लागि बाँके प्रहरीले छुट्टै टोली परिचालनको तयारी गरेको छ । सादा पोशाकमा धेरै नेपालीहरु ओहोर - दोहोर गर्ने नजिकका बसपार्कहरुमा प्रहरीलाई परिचालन गर्ने रणनीति बनाइएको छ । त्यसका लागि भारतीय प्रहरीसंगसमेत सहयोग मागिएको छ । भारतीय प्रहरीहरु प्राय: लुटेराहरुसंग नै मिल्ने गरेको पिडितहरुको भनाइ छ । भारतको हरिद्वार, शिमला, कालापहाड, लाधकलगायत ठाउमा लाखौ नेपालीहरु मजदुरी गर्न जाने गर्दछन् । घरको उत्पादनले बर्षभरी खाना नपुग्ने मध्यपश्चिमका पहाडी जिल्लाका नेपालीहरु यी ठाउमा गएर मजदुरी गर्ने र प्राय: चाडबाडमा फर्किने गर्दछन् । कामकै लागि भएपनि कलकारखाना, होटेल, पसलहरुमा काम गर्नेहरु लुटिएको पाइदैन । लुटेरा, चोरले पनि सुकिला-मुकिलालाई भन्दा यिनैहरुलाई आँखा लगाएको पाइन्छ। पहाडी जिल्लाका मानिसलाई कमाई आफ्नो घरसम्म पुर्याउन भारतमा बस या रेलमा, रुपैडिया बसपार्क क्षेत्रमा, त्यसपछि नेपालगंजसम्म पुग्दा रिक्सा, त्यसपछि घरसम्म पुग्ने बसमासमेत चुनौती खेप्नु गर्दछ । मजदुरी गरी कमाएको पैसालाई घरसम्म पुर्याउनका लागि ज्यानकै बाजी थप्नुपर्छ । लुटेराले खुवाएको नशालु पदार्थले केहीको त दुई दिनसम्म पनि होस् नआएको घटना छन् । बस या रेलमा लुटपाटका क्रममा प्रतिकार गर्दा केहीलाई गुडिरहेको रेलबाट बाहिर फालिएकोसम्म पिडित भेटिएका छन् । नेपालीहरु मजदुर गर्न जाने ठाउँबाट बैकिङ्ग प्रणालीमा पैसा पठाउने व्यवस्था नभएसम्म यस्तो जोखिम रहिरहने बौधिक वर्गको बुझाई छ । नेपालगंज नाकामात्रै नभएर पश्चिमको गड्डाचौकी, पुर्वको अन्य नाकामासमेत यस्तो समस्या भएकाले बैकिङ्ग प्रणालीको विकास गर्न जरुरी भएको भुक्तभोगीहरु बताउछन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Robbery
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth

0 Comments

Related Reports