Incident Reports

बाराका बस व्यवसायी अपहृत

2016-08-03

Madhes, Bara, Nijgadh

वीरगज, नयाँ बसपार्कबाट बाराका एकजना बस व्यवसायी बुधवार दिउँसो अपहरणमा परेको समाचार प्राप्त भएको छ । अपहरण हुनेमा बारा, निजगढ नगरपालिका–१३ डम्बरपुर निवासी बस व्यवसायी राजु दोङ रहेका छन् । अपहृत दोङ वीरगंज–निजगढ चल्ने ना ६ ख ४१ २८ नम्बरको बसधनी रहेको बुझिएको छ । दोङ १ बजे तिर बसपार्कबाट गितारको तार किन्न बजार गएको बेला अपहरणमा परेको गाडी चालक अम्बर थिङले बताए । बसपार्कको होटलमा खाना खाई गितारको तार किन्न बजार निस्केको चालकको भनाइ छ । १२ बजे बजार गएका साहुजीको आधा घण्टापछि मोबाइल बन्द भएको चालक बताउँछन् । बुधवार दिउँसो साढे एक बजे उनले आफ्नो मोबाइलबाट तनहुँ, डुम्रेमा रहेका छोरा नवीनलाई फोन गरेर अहपरणमा परेको खबर गरेको दोङकी पत्नी दिलमायाको भनाइ उधृत गर्दै चालकले बताएको प्रहरीको भनाइछ । “म अपहरणमा परें, ३० लाख फिरौती मागेका छन्”– दोङको भनाइ उधृत गर्दै उनका छोरा नवीनले भने– “अब भेट नहुन पनि सक्छ ।” छोरालाई फोन आएपछि दोङको मोबाइल स्वीच अफ छ । दोङ अपहरणमा परेपछि उनका आफन्तले बिहीवार पर्साका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीलाई भेटेर घटनाबारे जानकारी गराएका छन् । प्रहरी नायब उपरिक्षक बोगटीले दोङका आफन्तले घटनाबारे बिहीवार मात्र जानकारी गराएको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Abduction
Weapons None
Primary Cause Kidnapping for ransom
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Abducted 1
Local Newspaper - Parsa

0 Comments

Related Reports