Incident Reports

छुरा प्रहार गरी महिलाको हत्या, शव गोप्य रुपमा जलाइयो

2016-08-26

Madhes, Parsa, Sakhuwa Prasauni, Ward 1

१९ दिनअगाडी आफ्नै जेठाजुले छुरा प्रहार गरी घाइते बनाइएकी महिलाको मृत्यु भएपछि घर परिवारका सदस्यले प्रहरीलाई खबरै नगरी गोप्य रुपमा शव जलाएका छन्। पर्सा जिल्लाको बस्डिल्वा गाविस –६ बस्ने ४० वर्षकी चुनिया भनिने मुनिया देवीलाई आफ्नै जेठाजुले जग्गासम्बन्धी बिवादका क्रममा आँगनमै छुरा प्रहार गरेका थिए। यता सोमबार साँझ घाइते महिलाको मुत्यु भएपछि घर परिवारकाले राति नै लास जलाएको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताए। ‘आरोपी जेठाजुलाई हामीले नियन्त्रणमा लिइसकेका छौं, मुद्दा अगाडी बढाउन भने थोरै कठिनाई भइरहेको छ,’ श्रेष्ठले भने, ‘मृतकका श्रीमान वा घर परिवारका कोहीले जाहेरी दिन मानेका छैनन्, घाइते भएर आएको बेला पनि उनीहरुले जाहेरी दिएनन्।’ भदौ ९ गते साँझ ५ बजे छुरा प्रहरा भएपछि ठाडो उजुरी दिएकी महिलाले पछि पारिवारिक दबावमा जाहेरी दिन मानेकी थिएनन्। उपचार गराउन लैजाने भनेर प्रहरीले बोलाएको बखत उपस्थित हुने शर्तमा गएका पीडित महिला र आरोपी जेठाजु पुनः जिल्ला प्रहरीको सम्पर्कमा आएका थिएनन्। महिलाको मृत्यु भएर राति नै दाहसंस्कार समेत भइसकेको मंगलबार बिहान प्रहरीले जानकारी पाएको थियो। ‘मुद्दा चल्छ, तर जाहेरी नआएको अवस्था हो, प्रहरी अनुसन्धानको आधारमा अब मुद्दा चलाइने भएको छ,’ श्रेष्ठले भने, ‘आरोपी भनेको पेसेवर अपराधी होइन्, तर उसबाट भएको कसुर कर्तब्य ज्यानको मुद्दामा पर्न जान्छ।’ उनले एक जना प्रहरी निरीक्षकको कमाण्डमा अनुसन्धान अगाडि बढाइएको बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Secondary Cause Access/control of private land
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media , Local Newspaper - Parsa

0 Comments