Incident Reports

उपत्यकाका आधा दर्जन स्कुलमा बम आतंक (Updated)

2016-09-20

Bagmati, Kathmandu, Kathmandu

RSS उपत्यकाका विभिन्न शैक्षिक संस्थाहरुमा मंगलबार विहान विष्फोटक पदार्थ राख्ने कार्यमा संलग्न २ जनालाई पक्राउ गरी महानगरिय प्रहरी कार्यालय रानीपोखरीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा रामेछाप दिमिपोखरी ६ का ३१ बर्षीय शंकर लाखे र सिन्धुली लाम्पाङ्टार ६ का २४ बर्षीय चन्द्रबहादुर तामाङ रहेका छन् । नारायणटारका एम्बेस्डर, ईष्ट पोल र राई स्कुल, बौद्धका बालसंचार, मनकामना उच्च माध्यामिक विद्यालय र आकाश दिपइंग्लिस बोर्डिङ स्कुल, रेडियन्ट रिडर्स एकेडेमी सानेपा र कंचनजंघा डल्लुसमेतका शैक्षिक संस्थाहरुमा बम राखिएको भेटिएको पत्रकार सम्मेलनमा जानकारी दिएको थियो । निजहरु विगतमा पनि विभिन्न शैक्षिक संस्थाहरुको बसमा आगजनी, चन्दा आतंक र चोरीलगायतका आपराधिक क्रियाकलापमा संलग्न रहेको खुल्न आएको सो अवसरमा जानकारी दिइयो । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth unknown

0 Comments