Incident Reports

विवाद मिलाउन आएका प्रहरीद्वारा स्थानीयलाई कुटपिट

2016-09-20

Gandaki, Gorkha, Gorkha

गोरखाका एक प्रहरी निरीक्षक गौतम बोहोराले मदिरा पिएर स्थानीय बासिन्दालाई निर्घात कुटपिट गरेका छन् । सोमबार राति सवा ११ बजे गोरखाको अँबुवा पुलमा टेलिफोन गरेर बसिरहेका २३ वर्षीय विश्वास बस्नेतलाई कुटपिट गरेपछि पुगेका उनका बुबा ७१ वर्षीय थमनसिंह बस्नेतलाई पनि उनले कुटेका हुन् । घाइते वृद्धको गोरखा अस्पतालमा उपचार भएको छ । आफूलाई बक्सिङले नाकमा हानेको र बुटले ढाडमा हानेपछि ढलेर बेहोस भएको बस्नेतले बताए । ‘मेरो छोरालाई किन कुट्नुभएको ? भन्दै घरभित्रबाट आँगनसम्म के पुगेको थिएँ, गाडीबाट झरेर इन्स्पेक्टरसाबले बक्सिङले नाकमा बजाइहाल्नुभयो-, गोरखा अस्पतालको शय्यामा रहेका उनले भने, ‘अनि ढाडमा पनि हान्नुभयो । ढलिहालें । रगतको ताल पर्‍यो । म त बेहोस भैहालें । पछि केकेले हाने कुन्नि ? गोली हान् भनेको पनि सुनेको थिएँ ।- आफूलाई कुट्न आउँदा इन्स्पेक्टर रक्सीले मात्तिएर ढलपल भएको र ह्वास्स रक्सी गनाएको उनले बताए । ‘छिःछिःछिः रक्सी ह्वास्सै गनाएको थियो । ज्यान पनि कन्ट्रोलमा थिएन-, उनले भने । आफ्नो छोरा र पतिलाई प्रहरीले कुटेको देखेकी मीरा बस्नेतले गुहारगुहार भनेर चिच्याएपछि स्थानीय बासिन्दा धुरिएर प्रहरीमाथि जाइलागेका थिए । उनीहरूले प्रहरी इन्स्पेक्टर बोहोरालगायत प्रहरीमाथि हातपातसमेत गरे । थानीयले प्रहरी सवार ना १ झ १३७० नम्बरको भ्यानको सिसासमेत फुटाइदिएका छन् । जिल्ला प्रहरी कार्यालयबाट गस्ती गर्न गएको प्रहरी इन्स्पेक्टर बोहोरा नेतृत्वको टोलीले स्थानीयमाथि कुटपिट गरेको हो । ‘फोन आएपछि मेरो छोरा फोन उठाउँदै बाहिर गएको थियो-, थमनसिंह बस्नेतले भने, ‘यतिबेलासम्म किन फोन गरेर बसेको ? भनेर गाडीबाट झरेर प्रहरीले छोरालाई कुटेछ । छोरो आत्तिँदै, भाग्दै आयो । म ओछ्यानमा पल्टिसकेको थिएँ । अनि म बाहिर निस्कनेबित्तिकै मलाई कुट्यो ।- घटनास्थलमा घर ढलानमा काम गर्ने मजदुर र छिमेकी आइपुगेको उनले बताए । दिनभर छिमेकीको घर ढलानमा लखतरान भएका आफ्ना निर्दोष साथीहरूलाई पनि प्रहरीले कुटेको रौतहट बगाहीका मजदुर प्रेमलाल चौरासियाले बताए । छसातजना मजदुरमाथि प्रहरीले हातपात गरेको उनले बताए । त्यहाँ धुरिएका स्थानीयले प्रहरी र गाडीमाथि ढुंगामुढा गर्दा इन्स्पेक्टर बोहोरा र प्रहरी जवान टोपबहादुर अधिकारी घाइते भएको र ना १ झ १३७० नम्बरको प्रहरी भ्यानको सिसा फुटेको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए । आक्रमणमा उत्रिएका छजनालाई पक्राउ गरी जिप्रका ल्याइएको जानकारी दिँदै प्रहरी नायब उपरीक्षक थापाले छानबिन गर्दा दोषी देखिए प्रहरी निरीक्षक बोहोरामाथि कारबाही हुने बताए । घटनाको छानबिन गरी दोषीलाई कारबाही माग गर्दै स्थानीयले दिनभर जिप्रकामा धर्ना दिएका छन् । जिल्ला प्रहरी प्रमुख एसपी जनकराज पाण्डेयले इन्स्पेक्टर बोहोरामाथि विभागीय कारबाही गरिने जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Secondary Form Violence against civilians
Weapons Unclear , Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 6
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 4
Youth Injured 1
Totally damaged Vehicles 1
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis