Incident Reports

२ बालिकासहित ५ जनाको उद्धार

2016-09-24

Sudurpashchim, Kailali, Dhangadhi

धनगढी , असोज ८ - भारत हुदै विदेश जना लागेका दुइ बालिका सहित पाँच जनाको माइती नेपाल कैलालीले शनिबार उद्धार गरेको छ । त्रिनगर भन्सार नाकाबाट उनीहरुको उद्धार गरिएको हो । उद्धार भएकामा १२ र १३ बर्षका दुइ बालिका र तीन जना युवती रहेका छन् । पाँचै जना पूर्वी जिल्ला झापाको रहेका माइती नेपालका जिल्ला संयोजक शिवचरण चौधरीले बताए । उनीहरुको उद्धार गरि प्रहरीलाई बुझाइएको छ । उनीहरु भारतको दिल्ली हुदै अन्य मुलुकमा जानका लागि हिडेका अवस्थामा भन्सारमै रोकिएको चौधरीले बताए । पछिल्लो समय पूर्वी नाकामा कडीइ भएपछि पश्चिमी नाकाबाट मानव तस्करी गर्ने गतिविधि बढेको बताइएको छ । अवैध रुपमा हिडेका युवतीहरु बेचबिखनमा पर्न सक्ने भन्दै उनीहरुलाई रोकिएको माइती नेपालले जानकारी दिएको छ । नियन्त्रणमा लिएकाहरुलाई आफन्तको जिम्मा लगाइने माइती नेपालले जनाएको छ । पछिल्लो समय पश्चिमी नाकाहरुबाट महिला, बालबालिकाको ओसारपोसार बढेको बताइएको छ ।
National/Online Media , Local Newspaper - Kailali

0 Comments