Incident Reports

बेचविखन घटनाका आरोपितलाई कारबाहीको माग

2016-09-26

Lumbini, Bardiya, Bansagadhi

२१ वर्षीया महिलालाई भारत हुँदै कुवेतमा बेचबिखन गर्ने उद्देश्यले लैजान लागेको आरोपमा बाँसगढी नपा-७ की ३५ वर्षीया हिरा हमाललाई पीडित पक्षले कारबाहीको माग गरेका छन् । पीडित पक्षले आरोपितलाई कारबाहीको माग गर्दै असोज ९ गते मानव बेचविखन तथा ओसारपसारको मुद्दा जिल्ला प्रहरी कार्यालय बर्दियामा दर्ता गराएका छन् । प्रहरीका अनुसार असोज ७ गते आरोपित हिरा हमालले पीडित महिलालाई ललाई फकाई अवैध तरिकाले भारतको निशानगाडा हुँदै कुवेत लैजान लागेको आरोप छ । ती महिलालाई असोज ७ गते सानोश्री ताराताल भन्सार सीमामा पुर्‍याएको अवस्थामा प्रहरीले हमाललाई गिरफ्तार गरेको र मुद्दा दर्ता गरी अनुसन्धानको लागि हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी नेत्रमणी गिरीले बताए ।

0 Comments