Incident Reports

बालअधिकार कर्मीबाट बाट १५ वर्षिय माथि कुटपिट

2016-09-04

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 6

आँफै बालबालिकाको अधिकारको क्षेत्रमा कार्यरत शान्ती बस्नेतले सोमबार २० गते एक बालकलाई हिंड्नै नसक्ने गरी कुटपिटमा उत्रिएपछी प्रहरी हिरासतमा छिन् । बस्नेतले छिमेकि १५ वर्षिय बालकलाई चिर्पटले हानेपछी घाइते प्रभात गुरुङलाई फिस्टेल हस्पिटलमा उपचारकालागि भर्ना गरिएको छ । छिमेकिका अनुसार केही दिन अगी प्रभात साइकल चलाएर खेल्ने क्रममा बस्नेतको घर अगाडि पुगेको बेला पानीको पाइप कुल्चिने भन्दै बस्नेतकी आमा कृष्णकुमारीले प्रभातलाई गाली गरिन् । त्यसपछी प्रभात पनि विवादमा उत्रिएको उनले पनि स्विकारेकी छिन् । सोमबार बिहानै पुन : प्रभात साइकल खेल्दै बस्नेतको घरअगाडी पुग्दा शान्तिले एक्कासी चिर्पटले खुट्टामा प्रहार गरेको प्रभातकी आमा गुरुङले बताइन्। प्रहरी पुगेपछी शान्तिका आमाछोरिलाई वडा प्रहरी कार्यालय बैदाम लगिएको छ । घटनामा सङ्लग्नलाई थुनामा राखिएको र आवश्यक अनुसन्धान भईरहेको वडा प्रमुख ईन्स्पेक्टर मोहनमणी अधिकारीले जानकारी दिए
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Local Newspaper - Kaski

0 Comments