Incident Reports

Ritambhara: Legal professionals stage demonstration demanding High Court at Nepalgunj

2016-09-18

Lumbini, Banke, Nepalgunj

Legal professionals of Banke staged sit-in and demonstration before the appellate court of Nepalgunj on Sunday, putting forward demands to make Nepalgunj the federal capital of Province 5, and locate the High court at Nepalgunj among others. The legal professionals are against the government's decision locate the high court at Tulsipur, Dang. नेपालगन्जलाई प्रदेश न. ५ को राजधानी र उच्च अदालत नेपालगन्जमै तोक्नुपर्ने माग गर्दै बाँकेका कानुन व्यवसाहीले आइतबार नेपालगन्जमा विरोध प्रदर्शन गर्नुका साथै पुनरावेदन अदालत नेपालगन्जको मुख्य द्वारमा धर्ना दिएका छन् । बिहान १० देखि १२ बजेसम्म नेपालगन्जस्थित पुनरावेदन अदालतको गेटमा कानून व्यवसायीले विरोध स्वरुप धर्ना दिएका हुन् । पुनरावेदन बार एशोसियशनका अध्यक्ष बलबहादुर चन्दले नेपालगन्ज प्रादेशिक राजधानी र उच्च न्यायालयका लागि उपयुक्त ठाउँ भएपनि सरकारले दाङ्गको तुलसीपुरमा उच्च न्यायालय राख्ने निर्णय गरेर बाँकेलाई पछाडी पार्न खोजेको बताए । उनले नेपालगन्जमै प्रादेशिक राजधानी र उच्च अदालत हुनुपर्ने मागलाई सरकार र राजनीतिक दलले बेवास्ता गरेका कारण आन्दोलित हुनु परेको बताए । यसअघि पुनरावेदन बार र जिल्ला बारले सभामुख ओनसरी घर्तीको ध्यानाकर्षण गराएका थिए । आर्थिक, भौगोलिक, जनसंख्या, यातायात लगायत सुविधाको हिसावले उपयुक्त भएकोले नेपालगन्जलाई प्रादेशिक राजधानी बनाउनुपर्ने वरिष्ठ अधिवक्ता इन्द्रजीत तिवारीले बताए । 'सबै संरचना हुदाहुदै पनि सरकारले उच्च न्यायालय दाङ्गलाई तोक्नु गलत हो,' उनले भने, 'सरकार र राजनीतिक दलको हेपाहा प्रवृतीका कारण नेपालगन्जका कार्यालय कोहलपुर, सुर्खेत त दाङ्ग गइरहेका छन्, यो राम्रो भएन ।' वरिष्ठ अधिवक्ता विजय गुप्ताले नेपालगन्जलाई हेर्ने दृष्टिकोण परिवर्तन नभएको बताए । उनले पहाडिया सोचका कारण नेपालगन्जको विकास हुन नसकेको बताउदै पुनरावेदन अदालत सुर्खेत सार्नु पनि यसैको उपज भएको बताए । उनले उच्च अदालत र प्रादेशिक राजधानीका लागि दवाव आवश्यक भएको बताए । 'पुनरावेदन अदालत सुर्खेत सार्ने क्रममा जनदवाव परेपछि नेपालगन्जमा पुनरावेदन अदालत रोकिएको हो ,'उनले स्मरण गर्दै भने । कानून व्यवसायीको धर्ना कार्यक्रममा नागरिक समाज, व्यवसायीले समेत साथ दिएका थिए । सरकारले माग सुनुवाई नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी कानून व्यवसायीले दिएका छन् । 'आन्दोलन यतिकैमा रोकिदैन ,'गुप्ताले भने ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Secondary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth noyouth
Local Newspaper - Banke

0 Comments

Related Trend Analysis