Incident Reports

सामूहिक बलात्कार गरेको आरोपमा २ जना पक्राउ

2016-09-24

Lumbini, Rukum East, Musikot

१७ वर्षकी एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । गएको शनिबार सल्यानको  लपानीबाट रुकुमको मुसिकोट नगरपालिका–२ स्थित बसपार्कको एउटा होटलमा लगेर बलात्कार गरेको ती किशोरीले बताएकी छिन् ।  सामान्य चिनजानेको आधारमा रुकुम घुम्न जाउँ भनेर जर्वजस्ती गाडीमा राखेर लगेको र होटलमा उनीहरुले पालै पालो बलात्कार गरेको किशोरीले बताएकी छिन् । घटनामा संलग्न भएको आरोपमा सल्यान बागचौर नगरपालिका–१ बस्ने २८ वर्षका उपेन्द्र भण्डारी र २६ वर्षका कमलराज खत्री पक्राउ परेका हुन् । किशोरीको बयानका आधारमा उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । घटना असोज ८ गते भएको भए पनि ढिलो गरी जानकारीमा आएकोले दोषीलाई बुधबार मात्र पक्राउ गर्न सकेको प्रहरीले जनाएको छ । घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय रुकुमले थप छानविन गरीरहेको जनाएको छ । 
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC

0 Comments