Incident Reports

फोनबाट धम्क्याउने दुईजना प्रहरी खोरमा

2016-08-27

Lumbini, Banke, Janki

मोबाइलबाट फोन गरेर धम्क्याउने दुईजना प्रहरी खोरमा परेका छन् । बाँके, खजुराको एक स्कुलका प्रध्यानाध्यापकलाई फोन गरेर ज्यान मार्ने सम्मको धम्की दिएका सुर्यबहादुर शाही र कोमल रानालाई प्रहरीले नियन्त्रणमा लिएको हो । भदौ ११ गते दुई पटक फोन गरेर शाहीले आफुहरु 'किलर ग्रुप' को मान्छे भएको भन्दै 'बाहिर ननिस्किन' चेतावनी दिएको बताइएको छ । अपरिचित व्यक्तिले बाहिर निस्किएपछि 'नराम्रो हुन्छ' भन्दै धम्क्याएपछि त्रसित प्रध्यानाध्यापक प्रहरीको शरणमा पुगेका थिए । प्रहरीले मोबाइल नम्बर जाँच गर्दै जादा कोमल रनको रहेको पत्ता लगाएकै आधारमा दुईजना नियन्त्रणमा परेका हुन् । फोनबाट धम्की दिइएपछि प्रधानाध्यापक डराएर बसेको उनको निकटतमले बताए । प्रधानाध्यापकलाई धम्क्याउने शाही आपराधिक परिस्थभूमिका व्यक्ति हुन् । उनि यसअघि हातहतियार, खरखजाना मुद्धामा तीन वर्ष जेलसजाय काटेर छुटेका थिए । धम्की दिने दुवै जनालाई प्रहरीले सार्वजनिक अपराधमा मुद्धा चलाएको छ । यो मुद्धामा दस हजारसम्म जरिवाना हुन सक्छ । शुरुमा धम्क्याएका युवाले त्रासको वातावरण बनेपछि पैसाको बर्गेनिङ्ग गर्न सक्ने प्रहरीको अनुमान छ । 'डर देखाएर आतंकित बनाएपछि पैसा माग्ने योजना गरेका थिए होलान, हामीले धेरै मिहेनत गरेर बेलैमा समात्न सफल भयौ, -बाँके प्रहरीले भनेको छ । आफु 'किलर ग्रुप' को मान्छे भएको बताए अपरिचितले फोन गरेपछि जोसुकै डराउन सक्ने र प्रधानाध्यापकको अवस्था पनि त्यस्तै बनेको थियो । त्रसित मानसिकतामा उनी प्रहरीमा गुहार लगाउन पुगेका थिए । दुई पटक फोन गरेपछि उक्त सिम फलेका आरोपितलाई प्रहरीले बडो तरिका अपनाएर नियन्त्रणमा लिन सफल भएको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Threat/intimidation
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth

0 Comments

Related Reports
Related Trend Analysis