Incident Reports

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

2016-09-30

Sudurpashchim, Kanchanpur, Shuklaphanta

झलारी पिपलाडी नपा-४ असैनाकी २१ वर्षीया जिविका रानाको हत्या गरेको आरोपमा प्रहरीले उनका २१ वर्षीय पति बलराम रानालाई असोज १५ गते गिरफ्तार गरेको छ । पीडित महिलासँग रामान्य विवाद भएपछि असोज १४ गते राति बलरामले जिविकाको टाउकोमा ढुङ्गाले प्रहार गरी हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आरोपितलाई गिरफ्तार गरेको जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा बलरामले पत्नीको हत्या गरेको स्वीकार गरिसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी नैनसिंह कार्कीले बताए । पीडित महिलाको शवको पोष्टमार्टम असोज १५ गते महाकाली अञ्चल अस्पतालमा गरिएको पनि प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
INSEC , Local Newspaper - Kanchanpur , National/Online Media , Local Newspaper - Kailali

0 Comments