Incident Reports

प्रचण्डले राष्ट्रघात गरेको भन्दै भद्रकालीमा नयाँ शक्तिको धर्ना

2016-09-30

Bagmati, Kathmandu, Kathmandu, Ward 11

डा.  बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले शुक्रबार भद्रकालीमा धर्ना दिएको छ । राष्ट्रघात र प्रतिगमनको खतराविरुद्ध भन्दै दिइएको धर्नामा भट्टराईसहितका नेताहरु छन् । नयाँ शक्ति नेपालले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा जारी भएको २५ बुँदे संयुक्त वक्तव्यको विरोध गरेको छ । ७, १०, ११, १२, १३, १४ र २० नम्बर बुँदा आपत्तिजनक रहेको भन्दै नयाँ शक्तिले ११ नम्बरको बुँदाले नेपाललाई भुटानीकरण गरेको बताएको छ । उसले भनेको छ, ‘यो राष्ट्रघात हो यसले स्वाभिमानी नेपालको शिर झुकाएको छ ।’ नयाँ शक्तिले इलाकालाई नै स्थानीय तह बनाउने तीन दलको सहमति प्रतिगामी भएको ठहर गरेको छ । दैनिक उपभोग्य बस्तुहरुको मूल्य आकासिएको तर, सरकार रमिते बनेको उसको आरोप छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Naya Shakti
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments