Incident Reports

गाडीले ठक्कर दिँदा एकको मृत्यु, राजमार्ग अवरुद्ध

2016-10-01

गाडीले किचेर बैतडीमा शनिबार साँझ एकजनाको ज्यान गएको छ । ज्यान जानेमा सिद्घेश्वर–८ तल्लो खनारखोलीका ५५ वर्षीय रामबहादुर विष्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । विष्टलाई शनिबार साँझ ८ः३० बजे महाकाली राजमार्गअन्तर्गत सिद्घेश्वर–८ तल्लो खनारखोलीमा पैदल हिँडिरहेका बेला गाडीले ठक्कर दिदा ज्यान गएको हो । गाडी भने फरार रहेको छ र खोजी कार्य जारी रहेको बताइएको छ । मृतकका आफन्तले आक्रोशित भएर राजमार्ग बन्द गराएका छन् । शव बीच सडकमा राखेर उनीहरुले राजमार्ग बन्द गरेका छन् । राजमार्ग बन्द हुँदा शनिबार साँझदेखि दर्जनौँ गाडी र यात्रुबीच बाटोमै अलपत्र परेको घटनास्थलबाट एक यात्रु सुरेन्द्र भाटले जानकारी दिए । राजमार्ग खुलाउन अहिले प्रहरी नायब उपरीक्षक बालनरसिंह राणा नेतृत्वको एक टोली घटनास्थल गइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Road block
Weapons None
Primary Cause Extra-judicial response to traffic accidents
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Kanchanpur

0 Comments