Incident Reports

RPP-Nepal demands re-instatement of Late King Birendra's statue in Nepalgunj

2016-09-29

Lumbini, Banke, Nepalgunj, Ward 1

RPP Nepal leaders, cadres, supporters of monarchy, locals and businessmen organized a demonstration rally demanding the reinstatement of Late king Birendra Shah's statue at Birendra Chowk near Dhamboji of Nepalgunj. The demonstration rally started from Birendra Chowk and passed through Sadarline, gharbati tole and turned into corner assembly at Birendra chowk. The speakers at the corner assembly warned that they would intensify their demonstration if the statue of the late king was not re-instated. नेपालगन्जको धम्बोझीस्थित बिरेन्द्र चोकमा स्वर्गीय राजा बिरेन्द्र शाहको शालिक पुन: स्थापना गर्न माग गर्दै बिहिबार दवाव सिर्जना गरिएको छ । राप्रपा नेपालका नेता कार्यकर्ता सहित राजतन्त्र पक्षधर, सर्वसाधारण, व्यापारी लगायतले दवाव, सहित र्याली प्रदर्शन गरेका हुन् । त्रिभुवन चोकबाट र्याली सुरु भएको दवाव र्याली सदरलाइन, घरबारीटोल हुदै धम्बोझी चोकस्थित बिरेन्द्र चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सो क्रममा उनीहरुले विभिन्न नारावाजी समेत गरे । कोणसभामा बोल्ने बक्ताले इतिहास मेटाउने गरी स्वर्गीय राजा बिरेन्द्रको शालिक हटाउन प्रशासन र राजनीतिक दलहरुले गरेको कार्यको चर्को आलोचना गर्दै जसरी भएपनि पुन: स्थापना गराएरै छाड्ने बताए । शालिक पुन: स्थापना लागि जस्तो सुकै मूल्य चुकाउन पनि पछाडी नपर्ने उनीहरुले चेतावनी पनि दिए । कोणसभालाई सम्बोधन गर्दै राप्रपा नेपालका महामन्त्री डा. धवलशम्शेर राणाले इतिहासलाई मेटाउने हिसाबले स्वर्गीय राजा बिरेन्द्रको शालिक हटाउनु राष्ट्रघाती कार्य भएको आरोप लगाए । शालिक पुन: स्थापनामा जनताका अगाडी अब कसैले पनि रोक्न नसक्ने उनको भनाइ छ । राणाले भने , ' जनताको भावना विपरित इतिहास मेटाउने काम भएको छ, त्यसका लागि ठुलो मूल्य चुकाउन पर्छ । ' नेपालगन्जमा स्वर्गीय राजा बिरेन्द्रको शालिक राख्न नदिए देशभर आन्दोलनको आगो फैलिने चेतावनी उनले दिए । सो अवसरमा बोल्दै राप्रपा नेपाल बाँकेका अध्यक्ष ऋषिराज देवकोटाले मरेको राजासंग डराउने प्रमुख राजनीतिक दलले ल्याएको गणतन्त्र कति कमजोर छ भन्ने कुरा प्रष्ट भएको धारणा राखे । जनतामा जागेको आक्रोशले शालिक पुन : स्थापना भएरै छाड्ने उनको जिकिर छ । शालिक पुन: स्थापना समितिका सदस्य तेजनारायण कडेलले २४ घण्टा बित्न नपाउदै राता रात सरकारले शालिक चोरेको आरोप लगाउदै यसका विरुद्ध आम जनता सडकमा ओर्लिएको बताए । राप्रपा नेपालका कोषाध्यक्ष समेत रहेका कंडेलले भने,'इतिहासको धरोहर स्वर्गीय बिरेन्द्र शाहको शालिक पुन: स्थापना गराएरै छाडछौ ।' कोणसभामा शिव सेना बाँकेका अध्यक्ष मनोज श्रेष्ठ, राजेन्द्र कुर्मी, संगीता शाह लगायतले पनि बोलेका थिए । करिव एक महिना अघि राजसंस्था समर्थित राष्ट्रवादी युवा शक्तिले स्वर्गीय राजा बिरेन्द्रको अर्धकधको शालिक पुन: स्थापना गरेको थियो । शालिक पुन:स्थापना पश्चात जिल्लाका प्रमुख राजनीतिक दलले विरोध जनाउदै स्थानीय प्रशासनलाई हतौना दवाव दिएका थिए । प्रशासनले २४ घण्टा बित्न नपाउदै शालिक हटाएको थियो । शालिक पुन:स्थापना समितिले यसअघि शालिक पुन:स्थापनाको माग गर्दै नेपालगन्जमा हस्तक्षर संकलन गरेको थियो । सो क्रममा सर्वसाधारणले शालिक पुन: स्थापनाको पक्षमा हस्तक्षर गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other political issues
Secondary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations RPP
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Banke , National/Online Media

0 Comments