Incident Reports

बिरेन्द्रको शालिक पुन:स्थापना माग गर्दै दवाव

2016-09-29

Lumbini, Banke, Nepalgunj, Ward 1

धवलशम्शेर राणाले इतिहासलाई मेटाउने हिसाबले स्वर्गीय राजा बिरेन्द्रको शालिक हटाउनु राष्ट्रघाती कार्य भएको आरोप लगाए । शालिक पुन: स्थापनामा जनताका अगाडी अब कसैले पनि रोक्न नसक्ने उनको भनाइ छ । राणाले भने , ' जनताको भावना विपरित इतिहास मेटाउने काम भएको छ, त्यसका लागि ठुलो मूल्य चुकाउन पर्छ । ' नेपालगन्जमा स्वर्गीय राजा बिरेन्द्रको शालिक राख्न नदिए देशभर आन्दोलनको आगो फैलिने चेतावनी उनले दिए । सो अवसरमा बोल्दै राप्रपा नेपाल बाँकेका अध्यक्ष ऋषिराज देवकोटाले मरेको राजासंग डराउने प्रमुख राजनीतिक दलले ल्याएको गणतन्त्र कति कमजोर छ भन्ने कुरा प्रष्ट भएको धारणा राखे । जनतामा जागेको आक्रोशले शालिक पुन : स्थापना भएरै छाड्ने उनको जिकिर छ । शालिक पुन: स्थापना समितिका सदस्य तेजनारायण कडेलले २४ घण्टा बित्न नपाउदै राता रात सरकारले शालिक चोरेको आरोप लगाउदै यसका विरुद्ध आम जनता सडकमा ओर्लिएको बताए । राप्रपा नेपालका कोषाध्यक्ष समेत रहेका कंडेलले भने,'इतिहासको धरोहर स्वर्गीय बिरेन्द्र शाहको शालिक पुन: स्थापना गराएरै छाडछौ ।' कोणसभामा शिव सेना बाँकेका अध्यक्ष मनोज श्रेष्ठ, राजेन्द्र कुर्मी, संगीता शाह लगायतले पनि बोलेका थिए । करिव एक महिना अघि राजसंस्था समर्थित राष्ट्रवादी युवा शक्तिले स्वर्गीय राजा बिरेन्द्रको अर्धकधको शालिक पुन: स्थापना गरेको थियो । शालिक पुन:स्थापना पश्चात जिल्लाका प्रमुख राजनीतिक दलले विरोध जनाउदै स्थानीय प्रशासनलाई हतौना दवाव दिएका थिए । प्रशासनले २४ घण्टा बित्न नपाउदै शालिक हटाएको थियो । शालिक पुन:स्थापना समितिले यसअघि शालिक पुन:स्थापनाको माग गर्दै नेपालगन्जमा हस्तक्षर संकलन गरेको थियो । सो क्रममा सर्वसाधारणले शालिक पुन: स्थापनाको पक्षमा हस्तक्षर गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other political issues
Secondary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations RPP
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Banke , National/Online Media

0 Comments